गण्डकी । भरतपोखरी विकास मञ्चद्वारा आयोजित खुल्ला देउसीभैलो प्रतियोगितामा सरस्वती सिस्ने महिला समूहले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा सरस्वती टीका माध्यमिक विद्यालय द्वितीय, नेपाल युवा रेडक्रस सर्कल भरतपोखरी उपशाखा तृतीय र शिशुकल्याण माध्यमिक विद्यालय खल्याण गण्डकीबेसीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रतियोगिताका विजयी समूहलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी तथा भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालले ती समूहलाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुुभयो ।
त्यस्तै एकल नृत्य प्रतियोगितामा स्वस्तीका आचार्य प्रथम, शिरिषा मल्ल ठकुरी द्वितीय, बिपासा बिक तृतीय र सुनिता अधिकारीले सान्त्वना स्थान प्राप्त गर्नुुभयो । विजयीलाई क्रमशः सात हजार, पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो ।
सो अवसरमा नेपाली मौलिक कला सहित्य सङ्गीत र अभिनयका क्षेत्रमा कृयाशिल गण्डकी साहित्य संगमका अध्यक्ष साहित्यकार भिम रानाभाटलाई साहित्यका क्षेत्रमा, सनिशा भट्टराईलाई अभिनयका क्षेत्रमा, पुजा भण्डारीलाई अन्तर्राष्ट्रिय बुद्धिचाल खेलाडीका रुपमा र कलाकार सुरेश मल्ल ठकुुरी (टुुकी) लाई गायन तथा सङ्गीतका क्षेत्रमा योगदान पुुर्याएको भन्दै सम्मानपत्र, दोसल्लासहित सम्मान गरिएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र अधिकारीले मौलिक संस्कृतिको जगेर्नाका लागि सबैको सामूहिक प्रयास आवश्यक हुने बताउनुुभयो । भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालले समूूदायसँगको सामिप्यता भन्ने आदर्श वाक्यका साथ मञ्च सामाजिक तथा मानवीय सेवामा समर्पित बनेको बताउँदै मौलिक संस्कृतिको जगेर्नाका लागि यस वर्ष सातौँ संस्करणको खुल्ला देउसीभैलो कार्यक्रम आयोजना गरिएको बताउनुुभयो ।
कार्यक्रममा राष्ट्रिय लोक दोहरी गायक तुलसा क्षेत्री, रामजी पौडेल, शिवहरि ढुङ्गाना, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान गण्डकी प्रदेशका सदस्य रामप्रसाद ढकाल र रमा गौतमले विभिन्न सांस्कृतिक प्रस्तुति राख्नुुभएको थियो ।
रासस







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts