✍️ इन्द्रबहादुर शाक्य
पृथ्वीमा मानिस र देवगण आइसकेपछि प्राणीहरूलाई खानाको बन्दोबस्त गर्ने देवी नै पृथ्वी माता हुन् । यो पृथ्वी हिन्दुकुश (महासागर) भित्र हिमाल पहाडदेखि तल समुद्रसम्मको भागलाई हिन्दुकुश भनिन्छ । यो पृथ्वी हिन्दुकुशभित्र नेपाल पनि पर्दछ । यो हिन्दुकुश क्षेत्रभित्र विभिन्न चाडपर्व मनाउँदछन् । क्षेत्र र जातिअनुसार विभिन्न चार्ड पर्वहरू चल्दै आएका छन् । उहिलेदेखि वा आदिकालदेखि मनाउँदै आएका पर्वहरू अहिलेसम्म पनि मनाउँदै आएका छन् ।
अहिले हामी तिहार पर्वबारे चर्चा गर्दै छौँ । तिहार तीन दिन मनाउने पर्व हो । एसियाको भागमा भारत र नेपालमा यो ठूलो पर्वको रूपमा मनाउँदछन् । तीन दिन मनाउनेमा पहिलो दिन लक्ष्मी माताको पूजा गरी लक्ष्मी पूजा मनाइन्छ । दोस्रो दिन गोवद्र्धन पूजा र तेस्रो दिन भाइटीकाको रूपमा यो पर्व मनाइन्छ । अब चर्चा गरौँ लक्ष्मी पूजाको । लक्ष्मीलाई किन पूजा गर्नुपर्ने ? यसको अर्थ वा कारण के होला ? यस सन्दर्भमा लक्ष्मी भनेको पृथ्वीको माता हो । अन्न दिने दाता पनि मानिसलाई खानाको लागि अन्न फलफूल नदिएको भए यो पृथ्वीमा मानिसहरू बाँच्न पनि सक्दैनथे । यस्तो अन्न दिने मातालाई मानिसहरूले वर्षको एकचोटि पूजा गर्ने र पर्वको रूपमा मनाइन्छ । मानिसले खेतमा काम गरेर वर्षभरि खाना दिने देवीलाई हामीले पूजा गर्दछौँ । यो पूजा कुन बेला कुन महिनामा हुने भन्नेबारे जान्न आवश्यक छ । यसको पूजा जहिले गरे पनि हुन्छ तर वर्षको एक चोटि कात्तिक महिना कृष्ण पक्ष औँसीको दिनमा विशेष पूजा गरिन्छ । यसको अर्थ असार महिनामा अन्न (धान) रोपी, पाकेको अन्न कात्तिक महिनामा काटेर औँसीको दिनमा पृथ्वी मातालाई पहिलो अन्न बाली भनेर चढाउने वा चढाएर पूजा गर्दछन् । त्यही अन्न बाली बेचेर धन पनि आउने भएकोले अथवा धन दिने माता पनि भन्दछ ।
धन दिने पृथ्वी मातालाई धेरै ठाउँमा धेरै किसिमबाट नामकरण गरिएको छ । भारतमा लक्ष्मी माता (देवी) अरू ठाउँमा पृथ्वीमाता भन्दछ, कुनै ठाउँमा कालीमाता, कुनै ठाउँमा वसुन्धरा माता वा देवी पनि भनिन्छ तर धेरै ठाउँमा लक्ष्मी माताको रूपमा पूजा गरिन्छ ।
धन दिने पृथ्वी मातालाई धेरै ठाउँमा धेरै किसिमबाट नामकरण गरिएको छ । भारतमा लक्ष्मी माता (देवी) अरू ठाउँमा पृथ्वीमाता भन्दछ, कुनै ठाउँमा कालीमाता, कुनै ठाउँमा बसुन्धरा माता वा देवी पनि भनिन्छ तर धेरै ठाउँमा लक्ष्मी माताको रूपमा पूजा गरिन्छ । सत्य युगमा सरस्वतीले शिक्षा दिने, गणेशले सिद्धि दिने भने जस्तै लक्ष्मी माताले (धान) अन्न र धन दिने भएको हुनाले यसको महत्व भिन्दै छन् । पृथ्वीमा बस्ने देवता र देवीको विवाह हुन्छ । उनीहरूको पनि श्रीमान् श्रीमती हुन्छन् । जस्तोकी शिवकी श्रीमती दुईजना थिए एक सत्यदेवी र अर्की पार्वती ।
विष्णु नारायणको श्रीमती लक्ष्मी हुन् । लक्ष्मीलाई पृथ्वीमाताको पद दिएको थियो । त्यसैले वर्षभरिको उब्जनी कति भयो, कति भएन भन्ने हेरविचार गर्ने जिम्मा दिएको हुनाले उहाँलाई पृथ्वी माता पनि भनिएको हो । उहाँको पृथ्वीमा कति खाद्यान्न आयो, कति खर्च भयो, कति लाभ भयो, भन्ने सबै हिसाब किताब राख्ने कुवेर पनि सँगै राखेर काम गरेको होला । साथै यसको सुरक्षा गार्डको रूपमा ख्याकलाई राखेको होला ।
यी कुराहरू चित्रण गरी लक्ष्मीको चित्रमा उल्लेख गरिएको हुन्छ । कछुवालाई लक्ष्मीको बाहन भन्दछन् तर यो कछुवा विस्तारै हिँड्ने भएको, यसको अर्थ यो हो कि पृथ्वीमा अन्नबाली विस्तारै आओस् र धन सम्पत्ति पनि विस्तारै जम्मा होस् भन्ने अर्थ लाग्दछ । देवी देवताहरूले मानिसलाई बाँच्नका लागि, रक्षा गर्नका लागि, शिक्षा दिनको लागि संरक्षण लिने गर्दछन् । यस्ता काम गरिराखेको हुनाले मानिसले देव देवता भनेर पूजा गरिराखेको हो । अहिले पनि उनीहरू मूूर्ति बनाएर पूजा वर्ष मनाइराखेका छन् ।
त्यसैले भारतमा अन्न दिने देवीलाई लक्ष्मी र आम्दानी गरी दिनेलाई पनि लक्ष्मी माताको संज्ञा दिइन्छ । यो सत्ययुगदेखि चलिआएको र अहिलेसम्म प्रचलनमा छन् । यदि पृथ्वीमा देवताभन्दा पहिला मानिस नभएको भए यो देवीदेवता भनेर कसरी भन्न सक्दछ । मानिसले देखेको हुनाले उनीहरूको मूर्ति बनाएर पूजा गर्दछ र चार्ड पर्व मनाइराखेका छन् । त्यति बेला हिसाबकिताब बनाएर अथवा लेखेर पात्रो नबनाएको भए, यस महिना यस दिनमा औँशी, एकादशी, पूर्णिमा भनेर पर्व मनाउन सकिन्थ्यो र ? यो लेखिराखेको हुनाले यो दिन चाड, पूजा पर्व हो भन्न सकेको हो ।
त्यति बेला जोतिस्य अध्ययन गर्ने मानिसलाई जोतिस्य वा जोशी भनिन्थ्यो । त्यति बेला नै यहाँ जोशीहरू भइसकेको थियो । त्यति बेला जोशीहरूले वर्ष, महिना शुक्ल पक्ष औँसी पूर्णिमा भनेर पात्र बनाएको हुनाले औँसीमा नै लक्ष्मी पूजा गर्नु भनेर भन्दछन् । वर्षको एकचोटि मनाउने कात्तिक कृष्ण पक्ष औँसीका दिनमा लक्ष्मी पूजा त्यसको भोलिपल्ट गोबद्र्धन पूजा, तेस्रो दिन भाइटीका भन्ने पर्व माने, देवी देवताको पूजा र जात्रा पर्व मनाउने पात्रमा उल्लेख गरी दिएका छन् । हाम्रो देश नेपालमा पनि त्यही जोतिस्य वा जोशीले लेखेको पात्रोअनुुसार हामी चार्ड पर्व मनाउँदै आइरहेका छौँ ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सबै नेपालीले यो पर्व मनाउँदछन् । उपत्यका पोखरी (स्वयम्भू दहः) ताल भएको बेला, यहाँको पोखरी माथि पहाडमा मानिसहरूको बस्ती भइसकेको थियो । यो कुरा इतिहासमा उल्लेख छ । उपत्यका भन्दा बाहिर विभिन्न जातिका नेपालीहरूआएर बसेका छन् । ४ वर्ण ३६ जातका मानिसहरूयहाँ पहाडमाथि बसोबास भइसकेको थियो । जस्तो मिथिलाबासी, थारु, शाक्यवंश, कोलियावंश, लिच्छिविवंश, तण्डुकार, चित्रकार, तामाङ, आचाजू, कर्माचार्य, बज्राचार्य, लिम्बु, शेर्पा, राई, चेपाङ, क्षेत्री, बाहुन, खस, बिष्ट, जोशी आदि नेपाल उपत्यका बाहिर बसेर आफ्नो आफ्नो जाति अथवा वर्गअनुसार चार्ड पर्व मनाई आएका छन् ।
पछि उपत्यका (स्वयम्भ दूहः) को पानी मन्जुश्रीले बज्रयोगिनी देवीको परापर्शबमोजिम यहाँको पानी पहाड काटेर बाहिर पढाइएको थियो । यहाँ पानी सुकेपछि यो ठाउँमा वा जमिनमा नयाँ बस्ती बसालिएको थियो भन्ने इतिहासमा उल्लेख छ । त्यति बेला पहाडमा बसेका विभिन्न जातिका मानिसलाई मन्जुश्री देवताले नियमपालना गरिबस्नु भनेर आज्ञा भएको थियो । सोहीअनुसार बसिरहेको मानिसलाई नियमको पालना गर्ने मानिसलाई नेपाःमी र नेवार भनेर नामकरण गरियो । सबै भाषा मिलेर बनाएको बोलीलाई नेम्पाल भाषा भनियो । पछि नेवार भाषा भनेर भनियो । यो ठाउँमा बस्ने मानिस पनि वा नेवारहरू पनि विभिन्न जातिको भएका हुनाले आफ्नो जातिले पहिलेदेखि मानेर आएको चार्ड पर्वहरू मनाइआएका छन् ।
३६५ दिन अर्थात् १२ महिना यहाँका मानिसहरूको चार्ड पर्व मनाउँदै आएका छन् । त्यसमध्ये नेपाल राष्ट्रमा तिहारको पर्व मनाउदै आएका छन् । तिहारमा यहाँ बस्ने नेवार र नेपालीले तिहार मान्नेतरीका अलि फरक छन् । यहाँ मान्ने पनि औँसीको दिनमा लक्ष्मी मातालाई पूजा गर्दछन् । यो दिनमा बिहानदेखि सफा सुग्गर गरी घर आँगनमा फूलको मालाले सजाई, साँझतिर तेलको बत्ती बाली बेलुका लक्ष्मीको पूजा गरिन्छ । काठमाडौं उपत्यका नेवार जातिमा लक्ष्मी माताको चित्र राखेर पूजा गर्दछन् । लक्ष्मी माताको चित्र अलि फरक छन् । नेवारको लक्ष्मी माताको चित्र नेवार पूँ वर्ग (चित्रकार) ले बनाएको लक्ष्मीको चित्रमा कुवेर, ख्याक र बाहनमा कछुवा भएको चित्रलाई लक्ष्मी भनिन्छ । लक्ष्मी देवीले पनि हातले धानको बाला (मुठो) समातेको हुन्छ ।
यस्तो चित्र भएको लक्ष्मीको पूजा हुन्छ । यसमा फलफूल राखी नयाँ धान राखी चौरासी प्रकार (व्यञ्जन) को खाना राखेर पूजा गर्दछ तर अहिले पुरानो चित्रलाई हटाएर केही नेवारहरूले भारतमा तयार भएका वा बनाएका तस्विर राखेर पनि पूजा गर्दछन् । कोही नेवार जातिले आफ्नै प्रकारको लक्ष्मीदेवीको मूर्ति बनाएर पूजा गर्दछन् । भारतमा तयार भएको लक्ष्मी र उपत्यकाको लक्ष्मी माताको चित्रमा फरक छन् । भारतको लक्ष्मी मातालाई हात्तीले कमल फूल लिएर लक्ष्मीलाई चढाएको दृश्य छ । उपत्यकाको लक्ष्मीको चित्रमा यस्तो हुँदैन । नेवारहरूले पूजा गरिसकेपछि प्रसाद भनेर समेबजी खाने चलन छ ।
अहिले आएर विदेशीहरूले पनि मनी गडेस भनेर आफ्नो अनुकूलताअनुसार लक्ष्मी पूजा गरी मनाउने चलन सुरु भएको छ । यस पर्वलाई पैसा बचत गर्ने पर्व पनि भनिन्छ । यो पर्व वर्षभरि कति आम्दानी भयो कति खर्च भयो भन्ने हिसाबकिताब गर्ने दिन पनि हो ।
नेपालको पहाडमा बस्नेहरूले लक्ष्मीलाई पृथ्वी माताको रूपमा पूजा गरिन्छ । प्रकृतिदेवी अन्नदाता भनेर यो औंसीको दिनमा लक्ष्मी माता प्रकृति देवीलाई पूजा गरिन्छ । कोही नेपालीहरूकाली मातालाई पनि लक्ष्मीको रूपमा पूजा गरिन्छ । नेपालको तराईबासीहरूपनि लक्ष्मीलाई पूजा गर्दछन् तर देवीको चित्र भारतमा जस्तो छ, त्यही नै तस्वीर राखेर पूजा गर्दछन् । यो तिहारमा लक्ष्मी माताको माटोमा मूर्ति बनाएर लक्ष्मीको पूजा गरिन्छ । त्यही दिनमा नाच गान, देवीलाई धान र चावल (चामल) राखी आफ्ना आफ्ना साथीहरूलाई बोलाएर नयाँ धानको चामलमा परिणत गरी चामललाई पीठो बनाई त्यसबाट रोटी बनाएर लक्ष्मी मातालाई चढाउने र आफूहरूपनि खाने गर्दछन् ।
नेपाल अधिराज्यमा बसोबास गर्ने क्षेत्री बाहुनहरूले पनि भारतमा छपाई गरेको वा मान्ने लक्ष्मीको तस्वीर राखेर लक्ष्मी पूजा गर्ने गर्दछन् । यो पूजा गर्ने बेलामा नेवारले जस्तो मांस परिकार राखेर पूजा गर्दैनन् । उनीहरूले फलफूल र मिठाई राखी पूजा गरिन्छ । यस दिनमा क्षेत्री बाहुनहरूले श्रीमतीले तीजको समयमा बनाएका सुनका गहनाहरूलक्ष्मीलाई चढाई लक्ष्मी पूजा गर्दछन् । यसबाट के शिक्षा पाउन सकिन्छ भने आम्दानी भएको बेलामा लोग्नेले कमाएको पैसाबाट सुनको गहना बनाएर लक्ष्मी मातालाई चढाउनुु भनेको पैसा मुद्दती खातामा जम्मा गरे सरह क्रमिक वृद्धि हुने गरी पैसाको बचत गर्नु हो । लक्ष्मी पूजाको दिनमा नयाँ पैसा, नयाँ वस्तु किनेर घरमा राख्ने प्रचलन उहिलेदेखि अहिलेसमम चल्दै आएको छ ।
धन बचाउ गरिदिने देवीलाई धनलक्ष्मी भन्दछ । लक्ष्मी पूजाकै दिनबाट देसीभैलो खेल्न सुरुवात हुन्छ । त्यस दिनमा सुत्नु हुँदैन भन्ने प्रचलन रहिआएको, लक्ष्मी मातालाई खुशी पार्न रातभरि नाचगान गरी देउसी खेलेर लक्ष्मी पूजा भव्य रूपमा मान्दछन् । मुलकको कुरा गर्ने हो भने नेपालको पूर्व मेचीदेखि पश्चिमसम्म र उत्तरदेखि दक्षिणसम्म बसोबास गर्ने नेपालीहरूले आआफ्नो प्रचलन, संस्कृति र गच्छेअनुरूप लक्ष्मी माताको पूजाआजा गरी हर्षोलासका साथ लक्ष्मीपूजा पर्वको रूपमा मनाउने गर्दछन् । नेपालीहरूले आआफ्नो जाति, ठाउँ र भेगअनुसार लक्ष्मी पूजा गरी देशव्यापी रूपमा मान्ने गरिन्छ । यो नै हाम्रो संस्कृति एवं सभ्यताको परिचय हो ।
अहिले आएर विदेशीहरूले पनि मनी गडेस भनेर आफ्नो अनुकुलता अनुसार लक्ष्मी पूजा गरी मनाउने चलन शुरु भएको छ । यस पर्वलाई पैसा बचत गर्ने पर्व पनि भनिन्छ । यो पर्व वर्षभरि कति आम्दानी भयो कति खर्च भयो भन्ने हिसाबकिताब गर्ने दिन पनि हो । यस दिनमा धनसम्पत्ति प्राप्त हुने भएकोले यसलाई सुखरात्रिका रूपमा पनि लिइन्छ । धनसम्पत्ति धेरै कमाउन, जम्मा गर्न सकियोस भनेर लक्ष्मी माताको पूजा गरिन्छ । प्युठान स्वर्गद्वारीमा यस दिन मेला लाग्दछ । रेसुंगा चौतारा क्षेत्रमा पनि यो पर्व मनाई लक्ष्मी पूजा गर्ने गर्दछन् । धनसम्पत्ति सुरक्षा गरी दिने भएकोले यो लक्ष्मी देवीको नाम अहिले संसारभरि चलेको छ ।
मानिसलाई धन कमाउने ज्ञान दिने, धन सम्पत्ति जम्मा गरी सुरक्षित राख्ने, नासोको रूपमा लिई धन वृद्धि गर्ने साक्षात देवीका रूपमा लक्ष्मी मातालाई मान्ने गर्दछन् । त्यसैले घर परिवारमा पनि धनसम्पत्तिको सुरक्षा गर्ने श्रीमतीहरूलाई लक्ष्मी भन्ने प्रचलन रहेको छ । लक्ष्मीलाई प्रधानता दिने भएर नामोच्चारण गर्दा पनि लक्ष्मीको नाम अगाडि आउँछ, जस्तै : लक्ष्मी नारायण आदि । यसो हुनु लक्ष्मी माताको गुणको कारणले नै हो । यसर्थ लक्ष्मी माताको महिमा, गुण सम्झेर श्रद्धा भक्तिभावपूर्वक लक्ष्मी पूजा गरौँ, नेपालको मौलिक संस्कृतिको जगेना गरौँ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts