काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ माध्यम प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिग मार्ट अर्थात् मेगा मार्ट प्रालिसँग छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्डमार्फत् भुक्तानी गर्दा १० वा दुई सय रुपैयाँसम्म छुट प्राप्त गर्न सकिनेछ ।
यो अफर कात्तिक १५ देखि कात्तिक १८ गतेसम्म लागू रहने बैंकले जनाएको छ । सानिमा बैंकले सातै प्रदेशमा १३३ कार्यालय तथा १२४ एटिएममार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता