
काठमाडौं । नेपाल टेलिकमले बाढी, पहिरो तथा डुबानलगायतका प्राकृतिक विपत्तिका पीडितलाई राहतस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको छ । नेपाल टेलिकममा कार्यरत सम्पूर्ण कर्मचारीतर्फबाट पीडितलाई राहत वितरण कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले कोषमा एक करोड दुई लाख ७० हजार दुई सय १४ रुपैयाँ ८३ पैसा गरिएको कम्पनीले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल तथा नेपाल टेलिकमका प्रमुख अधिकृतहरूसमेतको उपस्थितिमा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले प्रधानमन्त्रीलाई कोषमा रकम जम्मा गरेको जानकारी पत्र हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति भन्दै कम्पनीको साख उच्च राख्दै जनतालाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने गरी अघि बढ्न निर्देशनसमेत दिनुभएको कम्पनीका प्रवक्ता हरि ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच