
काठमाडौं । युगकवि सिद्धिचरण श्रेष्ठका कालजयी रचनाहरूको समीक्षा गरिएको पुस्तक ‘क्रान्तिका अग्रदूत युगकवि सिद्धिचरण’ सार्वजनिक भएको छ । साहित्यकार, समीक्षक तथा समालोचक स्वयम्भु शाक्यद्वारा लिखित पुस्तक सुन्दर स्वदेश पब्लिकेसनले हालै बजारमा ल्याएको हो । पुस्तकमाथि युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काइँलाले मन्तव्य जाहेर गर्नुभएको छ । पुस्तकको ऐतिहासिक महत्वबारे युगकविद्वारा रचित सिर्जनाका अध्येता डा. फणिन्द्रराज निरौलाले प्रकाश पार्नुभएको छ । डा. निरौलाले पुस्तकमाथि टिप्पणी गर्दै भन्नुभएको छ ‘प्रस्तुत पुस्तक युगकवि सिद्धिचरणका प्रतिनिधि रचनाहरू अध्ययन गरिएको एउटा सुन्दरतम कृति हो ।’
त्यसै गरी पुस्तकमा युगकवि सिद्धिचरण प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले युगकवि सिद्धिचरणका केही कविता र खण्डकाव्यहरूको विषयमा चिन्तन र विवेचना गरी प्रकाशनमा आएको पुस्तक एक महत्वपूर्ण दस्ताबेज भएको बताउनुभएको छ । लेखक शाक्यले दुई वर्षको तयारीपछि पुस्तक बजारमा आएको बताउनुभएको छ । ६५ वटा फुटकर कविता, युगकविको जेल संस्मरण, मंगलमान, जुनकिरी र भीमसेन थापा शीर्षकको खण्डकाव्यका बारेमा अध्ययन गरी लेखिएको पुस्तक ५४० पृष्ठको रहेको छ । मन छुने शैलीमा लेख्ने खुबी भएका शाक्यले युगकविका रचनाहरूलाई समीक्षामार्फत थप पठनीय बनाउनुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच