यो सरकार पत्रकारहरुबाट आलोचनाको अपेक्षा गर्छ : मन्त्री गुरुङ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको आलोचना गर्न पत्रकारहरुलाई आग्रह गर्नुभएको छ ।

बुधवार नेपाल पत्रकार महासंघले दशैँ, तिहार, छठ पर्व र नेपाल सम्वत् ११४५ को अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारहरुलाई सरकारको स्वस्थ आलोचना गर्न आग्रह गर्नुभएको हो । उहाँले पत्रकारको आलोचनाले सरकारलाई लोकतान्त्रिक बाटो हिड्न मद्दत गर्ने बताउनु भयो ।

उहाँले पत्रकारको आलोचनाले मन्त्रीहरुले गलत काम गर्न रोक्ने भन्दै त्यो भुमिका निभाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो । उहाँले सरकारले पत्रकारहरुबाट आलोचनाको अपेक्षा राखेको बताउनु भयो । आलोचना सुन्ने क्षमता राख्नेले कहिल्यै पनि कमजोर काम नगर्ने उहाँको भनाई छ ।

ADVERTISEMENT

उहाँले भन्नुभयो - ‘सरकारलाई जनताको लागि काम गर तिमी, अभावमा बसिरहेका मान्छेहरुको सेवा गर तिमी भन्नुपर्‍यो । सरकारको प्रवक्ताको हैसियतले म तपाईहरुलाई के अनुरोध गर्न चाहान्छु भने तपाईहरुले सरकारलाई आलोचना गर्नुपर्छ । तर ध्वसांत्मक विरोध होइन । यो कानुन मिच्न मिलेन भन्दिनुस् न तपाईहरुले । कुन कुन मन्त्री रिसाउँछ मलाई थाहा छैन । तर सरकारको आलोचना गर्नुपर्छ तपाईहरुले । डराओस् । कुनै चिज गर्दाखेरी यो पत्रकारले आलोचना गर्छ कि, पत्रकारिताले, सञ्चार जगतले मेरो आलोचना हुन्छ कि ? भनेर कमसेकम मानिस या त कन्भिन्स्ले काम गर्छ । या त डरले काम गर्छ । तपाईहरुले लेखेर कम्भिन्स् गर्न सक्नुहुन्न मलाई अहिले । तपाईहरुले दबाबमा राख्ने हो । यो पत्रकारले आलोचना गर्‍यो भने मेरो जागिर धरापमा पर्छ भन्ने सेन्स दिइराख्यो भने त्यो डरबाट पनि मानिस गलत काम गर्नबाट पछि हट्छ । त्यो काममा तपाईहरुको भुमिका महत्वपूर्ण होस् भन्छु मैले । जसले आलोचना सुन्छ, सुन्ने हैसियत, क्षमता राख्छ । त्यो कुरामा विश्वास गर्छ । त्यसले कहिलेपनि कमजोर काम गर्दैन । भ्रष्टाचार मा पनि लाग्दैन थियो । खुला समाजको पक्षपाति हुन्छ जहिल्यै पनि त्यो । त्यो अधिनायकवाद, निरंकुशताको बाटो कहिल्यै पनि जाँदैन । त्यसकारणले हाम्रो सरकार अहिले आलोचनाको अपेक्षा गर्छ । ताकि उसले हिड्ने बाटो लोकतान्त्रिक बाटो होस् । अधिनायकवादी बाटो होइन ।’

उहाँले पत्रकारहरुले सरकारको आलोचना गरे सरकार निरंकुशताको बाटो नलाग्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?