हेटौंडा । मकवानपुरको मनहरीमा बस चढेका यात्रुको ५१ हजार नगद चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गएराती ११ बजेको समयमा मनहरी- ६ बस्ने ४९ वर्षिय भरत गौतम हेटौडाबाट ना ५ ख ८१०१ नंबरको बस चढि लोथर जाने क्रममा निजको साथमा रहेको नगद ५१ हजार पाकेट मारी चोरी गर्ने ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका वडा नंबर ६ बस्ने ३२ वर्षिय लाक्पा तामाङ, जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नंबर–१० बस्ने ४२ वर्षिय प्रेम दोर्जे शेर्पा र धनकुटा छथर गाउँपालिकावडा नंबर– ३ बस्ने ३७ वर्षिय हेमराज श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार चोरी भएको सुचना प्राप्त हुनसाथ तत्लाल इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले हुलियाको आधारमा खोजतलास गर्ने क्रममा शंका लागी खानतलासी गर्दा निजहरुको साथबाट चोरी भएको रकम फेला परेकोले पक्राउ गरेको प्रहरीको भनाई छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts