पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणमा परी ६० जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । पूर्वी बेका उपत्यकामा इजरायली हवाई आक्रमणमा परी दुई बालबालिकासहित ६० जनाको मृत्यु हुनुका साथै अन्य ५८ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले उपत्यकाका १२ क्षेत्रहरू प्रभावित भएको बताएको छ ।

तीमध्ये अधिकांश बालबेक क्षेत्रमा छन् । उद्धार प्रयासहरू जारी रहेकाले मृतकको सङ्ख्या प्रारम्भिक रहेको बताइएको छ । बालबेकका गभर्नर बाचिर खोडरले लेबनान र इजरायलबीचको द्वन्द्व शुरु भएदेखि नै यस क्षेत्रमा भएको सबैभन्दा हिंसात्मक आक्रमणको निन्दा गर्नुभयो ।

ADVERTISEMENT

सेप्टेम्बर २३ देखि इजरायलले लेबनानमा हवाई आक्रमणलाई तिब्र पारेको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज