पाल्पा । पाल्पामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रक ब्रेक फेल भई सोमबार राती जिल्लाको रम्भा गाउँपालिका-३ अगाहाखोलास्थित सिद्दार्थ राजमार्गमा दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्युु हुने ट्रक चालक रम्भा-३ का २३ वर्षीय भुवन सिंह राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर घाइते भएका उनलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना १ क ७१२१ नम्बरको ट्रकलाई पछाडीबाट ठक्कर दिँदा चालक रानालाई सोही ट्रकमा दाहिने खुट्टा च्यापिएको अवस्थामा प्रहरीले उद्दार गरी हस्पिटल पठाएको थियो । दुर्घटनामा ना. १ क ७१२१ नम्बरको ट्रकको सह-चालक स्याङ्जाको वालीङ न.पा. १० का २१ वर्षीय सञ्जित खवास थापाको हातमा समान्य चोट लागेको छ । सोही ट्रकका चालक गुप्त बहादुर गुरुङ भने सकुशल रहनुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा