हेटौंडा । मकवानपुर प्रहरीले २२२ ग्राम २६ मि.ग्राम लागूऔषध खैरो हिरोइनसहित सहित २ जनालाई पक्राउ गरेको छ।
आइतबार प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा -१५ स्थित रातोमाटे चेकपोईन्ट अगाडी पुर्व पश्चिम सडकखण्डमा काकटभिट्टाबाट दुईजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं.७ बस्ने बर्ष ४१ को दामोदर लुईटेल र ऐ.ऐ.बस्ने बर्ष १८ को सन्देश राज धामी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार हेटौंडाबाट काठमाण्डौतर्फ जादै गरेको बागमती प्रदेश ०१-००६ख ७४४३ नं. को यात्रुबाहक बसलाई रोकी चेकजांच गर्ने क्रममा उक्त बसमा सवार भई आएका लुइँटेल र धामीलाई शंका लागी सो बसबाट ओराली शरीरको खानतलासी गर्दा निजहरुको साथबाट लागूऔषध खैरोहेरोईन जस्तो देखिने धुलो पदार्थ २२२ ग्राम २६ मि. ग्राम फेला परेको हो।
लागूऔषधसहित निजहरु दामोदर लुईटेल र सन्देश राज धामीलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट १५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






