काठमाडौं । नेपालमा उडान अनुमति ‘एक्स्पायर’ (म्याद सकिएको) थाई एयर एसियाको जहाजलाई अन्ततः मानवीयताका आधारमा काठमाडौंमै अवतरण गर्न अनुमति दिइएको छ ।
झन्डै एक दर्जन फन्का मारेको थाई एयर एसियाको उक्त जहाज भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ ।
उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न खोजेको भन्दै आइतबार आधा घण्टाभन्दा बढी आकाशमै होल्ड गरिएको थियो ।
त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जहाजमा रहेका यात्रुको सुरक्षा र मानवीयताका आधारमा जहाजलाई काठमाडौंमा अवतरण अनुमति दिइएको बताउनु भयाे ।
विमानस्थल स्रोतका अनुसार उक्त जहाजको अवतरण अनुमति हिजोसम्म मात्र थियो, आजको शेड्युलमै थिएन, त्यसैले होल्ड गराएको हो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts