दोलखा । दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति साढे ११ बजे भूकम्प गएको हो ।
दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । यो केन्द्रबिन्दुभन्दा वरपरसम्म थाहा पाइन खालको भूकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
भूकम्पको धक्का आसपासको क्षेत्रमा महसुस गरिएको थियो ।







