काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । अविरल वर्षाका कारण भएको क्षति र प्रभावित जनसमुदायलाई सहयोगका लागि कम्पनीले उक्त सहयोग प्रदान गरेको हो ।
प्रधानमन्त्री कार्यालयमा एक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम्पनी सञ्चालक समिति अध्यक्ष सुरेशलाल श्रेष्ठले ५१ लाखको चेक हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा कम्पनीका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति थियो ।






