
काठमाडौं । चलचित्र ‘अग्निदहन’को गीत ‘दाइ दाइ नभन मलाई’ सार्वजनिक गरिएको छ । पार्वती जिसी र तुलसी क्षेत्रीको स्वर, परशुराम अधिकारीको संगीत र लोकमणि पौडेलको शब्द रचना रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । धर्मेन्द्र पौडेलले केरियोग्राफी गरेको गीतको भिडियोमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, रमा त्रिपाठी, सनिशा भट्टराई, तुलसी क्षेत्री, सरला कुमारी पाण्डे, प्रसिना आचार्यलगायत कलाकारलाई देख्न सकिन्छ ।
विवाहको सेटअपमा तयार परिएको यो गीत रत्यौली खेल्दै गाइने झ्याउरे पाराको छ । भिडियोमा पश्चिमाञ्चल क्षेत्र वरपर प्रचलनमा रहेको रत्यौलीमा छोरी मान्छे लोग्ने मान्छे बनेर नाच्ने प्रचलन देख्न पाइन्छ । जसलाई ‘लुठो’ बन्ने भन्ने गरिन्छ । भिडियोमा रमा त्रिपाठी लूठो बन्नुभएको छ ।
साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक यो यो आगामी मंसिर ७ गतेदेखि सिनेमाघरमा आउने तयारीमा छ । यो चलचित्रलाई मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको हो । यो संस्था बोक्सी कुप्रथालाई शिक्षा र चेतनाको माध्यमद्वारा अन्त्य गरी नेपाललाई बोक्सी कुप्रथाको अन्धविश्वासबाट मुक्त गराएरै छोड्ने अठोटका साथ २०७१ सालमा स्थापना गरिएको हो ।
घनश्याम लामिछानेको निर्देशन रहेको यो चलचित्रका परिकल्पनाकार कोविदशरण उपाध्याय हुनुहुन्छ । उहाँले चलचित्रलाई तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको बताउनुभयो । उहाँका अनुसार चलचित्र अंग्रेजी भाषामा पनि सबटाइटल गरिएको छ ।
मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका कोविदचरण उपाध्ययले नेपालमा बोक्सी प्रथा उन्मुलनका लागि यो फिल्म बनाइएको बताउनुभयो ।
चलचित्रको विशिष्ट संरक्षकको रूपमा भुवनेश्वर पौडेल र मोहनराज पौडेल रहनुभएको छ । चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, ताराबहादुर गुरुङलगायत कलाकारको अभिनय छ ।
चलचित्र लोकमणिको कथा, पटकथा र संवाद, कोविदशरणको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन र राजेन्द्र मोक्तानको रंग संयोजन छ ।
चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको यो चलचित्रलाई निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेरिसक्नुभएको छ ।
यस्तै, केही समयअघि यो चलचित्र भारतको बिहारस्थित सीतामढीमा कमाण्डेन्ट अफ एसएसबी-२०औं बटालियनमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र चलचित्रको निर्माण पक्षको उपस्थितिमा प्रदर्शन गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच