
काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्रको ओरालो शृंखला नरोकिने बताउनु भएको छ ।
माओवादी केन्द्रले आज गरिरहेको खबरदारी जुलुसप्रति टिप्पणी गर्दै नेता रिजालले आजको जुलुशबाट माओवादीको ओरालो शृंखला यहीँ नरोकिने थप प्रस्ट भएको उल्लेख गर्नुभयो।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै रिजालले भन्नुभएको छ, 'माओवादीको २०६६ मा कथित नागरिक सर्वोच्चताका लागि भएको 'अनिश्चितकालीन आमहडताल' पनि देखिएकै/भोगिएकै हो, 'शहरी जनविद्रोह' पनि देखिएकै हो । ०७० को निर्वाचनमा शर्मनाक पराजय भएपछिको 'अदृश्य धाँधलीका विरुद्ध'को आन्दोलन पनि देखिएकै हो ।' उहाँले भन्नुभएको छ, 'आजको जनप्रदर्शन पनि देखियो । आजको जुलुशबाट थप प्रस्ट भएको छ- माओवादीको ओरालो शृंखला यहीँ रोकिनेवाला छैन ।'
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच