सिन्ह्वा । नाइजेरियाली सेनाहरूले गत हप्तामा देशभर आतंकवाद विरोधी अभियानहरूमा १ सय ४०संदिग्ध बन्दुकधारीहरू मारेको बताएको छ ।
सेनाका प्रवक्ता एडवर्ड बुबाले नाइजेरियाको राजधानी अबुजामा पत्रकारहरूलाई यस अवधिमा अन्य १३५ जनालाई सेनाले विभिन्न थिएटरमा पक्राउ गरेको बताउनु भयो । कारबाही पछि उनीहरुको सैन्य क्षमता कमजोर भएको आफूहरुको बुझाइ रहेको बताउनु भयो ।
कुल ७६ बन्धकहरूलाई उनीहरूका अपहरणकर्ताहरूबाट मुक्त गरिएको थियो । सेनाले २४१ विभिन्न हतियार र ३ हजार २५४ राउण्ड गोला बारुद पनि बरामद गरेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा