काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एक्लाएक्लै चुनाव लड्ने रणनीति पार्टीले लिएको बताउनु भएको छ ।
शनिबार काठमाडौंको पेप्सीकोलामा काठमाडौं३२ कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताउँदै यसका लागि आवश्यक तयारीमा लाग्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
अगामी निर्वाचनमा तयारीबिना सत्ता साझेदार दल नेकपा (एमाले)जस्तो संगठित दलसँग भिडेर जान कठिन हुने उहाँले बताउनु भयोा ।
राजनीतिक दलहरुमासमेत आफ्नो मान्छेलाई टिकट बाड्ने प्रचलन रहेको कारण समस्या भइरहेको उहाँको भनाइ थियो। उहाँले भन्नुभयो, ‘अब उम्मेदवारी दिँदा कसले जित्न सक्छ भनेर उम्मेदवार खोज्नुपर्ने हुन्छ । टिकट बाँड्ने बेलामा आफ्नो मान्छेलाई टिकट बाँड्ने चलन नै छ । यसले हामीलाई बिगारिरहेको छ । अहिले सबै पार्टीहरु एक्लाएक्लै चुनाव लड्ने भनिरहेका छन् । हामीले त झन भनिनै रहेका छौं यो राजनीतिक दलहरुको रणनीतिक चाल हो । एक्लाएक्लै लड्ने हो भने हामीले तयारी त गर्नुपर्यो नि । तयारी गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो भनाई हो ।’
त्यस्तै, उहाँले एमाले र कांग्रेस प्रमुख प्रतिस्पर्धी दल भएपनि राजनीतिक स्थिरताका लागि मिलेर सरकार चलाउनुपरेको बताउनु भयो । सहमति अुनसार सुरुवाती दुई वर्ष सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने र आगामी निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गर्ने उहाँले बताउनु भयो ।
‘उहाँहरुबीचको सहमति अनुसार दुई वर्ष केपी ओलीजी प्रधानमन्त्री हुनुहुन्छ । त्यसपछि शेरबहादुरजीले चुनाव गराएर जाने कुरा छ । कांग्रेसको चाहना पनि त्यही हो । तर, हामीहरुको प्रतिस्पर्र्धी एमाले हो, सहकार्य पनि एमालेसँगै गर्नुपरेको छ । हामीलाई अफ्ठ्यारो त्यहाँ परेको छ । सरकारमा बसेकाहरुले सहकार्य गरुन् त बाहिर हामीहरु छौँ । हामीहरुले प्रतिस्पर्धीको रोल पनि खेल्नुपर्छ । होइन भने एमालेजस्तो संगठित संस्थासँग भिडेर जान गाह्रो हुन्छ । यस्तो कुरा हामीले नेतृत्वलाई बुझाउनुपर्छ ।’ उहाँे भन्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts