‘गाउँपालिका अध्यक्ष शैक्षिक सप्ताह’ कार्यक्रममा पूर्वमुख्यमन्त्री शाहीलाई २५ किलोको माला

दाने बोहरा हुम्ला, संवाददाता
दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 6 mins

हुम्ला । हुम्लाको दक्षिण भेगमा पर्ने ताँजकोट गाउँपालिकाले कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई २५ केजीको मालाले स्वागत गरेको छ ।

कर्णाली प्रदेस सरकाको मुख्यमन्त्री हुँदै गर्दा ताँजकोट गाउँपालिकाको विकासका लागि महत्वपुर्ण योगदान गरेको भन्दै उहाँलाई २५ किलोको मालासहित स्थानीय भेडा (च्याँग्रा)को उनबाट बनेको राडी (पाखी)ले सम्मान गरेको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनुभयो ।

गाउँपालिकाले शुक्रबारबाट सुरु गरेको शैक्षिक सप्ताह कार्यक्रमको उद्धघाटन गर्न यहाँ पुग्नुभएका शाहीलाई ताँजाकोट चिनाउने मायाको चिनोसहित २५ किलोको मालाले स्वागत गरिएको हो । शाही कर्णालीको मुख्यमन्त्री भएकै समयमा ताँजाकोटमा विकासका मुलहरु फुटाएको, गाउँपालिकाको कवाडी देखी डुँग्री सम्मको सडकको लागि बजेटको विनियोजन गरिएको र शिक्षा र स्वास्थ्यका लागि भवनहरु निर्माण गरीएको तथा कृषि क्षेत्रमा पनि थुप्रै लगानि गरेकाले उहाँलाई यस्तो सम्मान गरेको गाउँपालिका अध्यक्ष जैसीले बताउनुभयो ।

कार्यक्रमको उद्धघाटन समारोहमा पुग्नुभएकी पूर्व कृषि मन्त्री, माओबादी केन्द्र कर्णाली प्रदेश कमिटिकी अध्यक्ष विमला केसीलाई पनि दोसल्लासहित मायाको चिनोले सम्मान गरेको छ । सोही कार्यक्रममा पुगेको हिमाली गाउँपालिकाका अध्यक्षसहित अन्य अतिथिहरुलाई पनि सम्मान गरिएको छ ।

ताजँकोट गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धिको लागि भन्दै शुक्रबारदेखि सप्ताह व्यापी शैक्षिक कार्यक्रमको सुरुवात गरेको छ । गत वर्षदेखि गाउँपालिका अध्यक्ष अध्यक्ष शैक्षिक सप्ताह कार्यक्रम ताँजकोटले सञ्चालन गर्दै आएको छ ।

ADVERTISEMENT

शुक्रबारदेखि गाउँपालिका शिक्षा शाखाले विभिन्न शैक्षिक क्षेत्रका ४० वटा इभेन्टमा पालिकाभित्रका विद्यालयस्तरमा प्रतिस्पर्धा हुने गाउँपालिका शिक्षा शाखाका प्रमुख जयरुद्र ढकालले बताउनुभयो । विद्यालय तहमा नृत्य प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, देउडा, बादविबाद, हाजीरीजवाफ, वक्तृत्वकला, भलिवल, फुटबललगायत शैक्षिक क्षेत्रसँग सम्बन्धी सम्पुर्ण प्रतियोगिता मार्फत गाउँपालिकामा शैक्षिक जागरण ल्याउनको लागि यो कार्यक्रमको सुरुवात गरिएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख ढकालले जानकारी दिनुभयो ।

गाउँपालिका भित्र रहेका १४ वटा सबै विद्यालयहरुमा भवन व्यवस्था भइसकेकाले अब शिक्षामा आमुल परिवर्तन ल्याउनको लागि जग बलियो बनाउनु पर्छ भन्ने मान्यताका साथै शिक्षको जग भनेको प्रा वि, नि.मा.वि र माध्यामिक विद्यालय भएकाले यिनिहरुलाई जागरुक नबनाएसम्म शैक्षिक स्थिति सुधार्न सकिन्न भन्ने उद्देश्यले हरेक वर्ष यो कार्यक्रम गर्न लागिएको गाउँपालिका अध्यक्ष जैसीले बताउनुभयो ।

यो हप्ताभरी विभिन्न ४० वटा कार्यक्रमबाट प्रथम हुने विद्यालयलाई रु एक लाख रुपैयाले पुरस्कृत गर्ने गरिने भएको छ भने द्वितिय हुने विद्यालयलाई रु ७५ हजार, तृतिय हुने विद्यालयलाई रु ५० हजार र सान्त्वना हुने विद्यालयलाई रु २५ हजार रुपैयाले सम्मानका साथै पुरस्कृत गरिने भएको जनाइएको छ ।

शुक्रबारदेखि सुरु भएको उक्त कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमन्त्री समेत रहनुभएका हाल प्रतिनिधिसभा सदस्य छिरिङ दम्डोल लामा (कार्चेन), पूर्वमन्त्री एवं कर्णाली प्रदेस सभा सदस्य रणसिंह परियार, नेकपा माओबादी केन्द्र कर्णाली प्रदेस कमिटिकी अध्यक्ष बिमला केसी, जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, उप-प्रमुख दलु फडेरालगायत छिमेकी जिल्ला बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लसहित खत्याड गाउँपालिकाका अध्यक्षको समेत उपस्थित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?