काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बालुवाटारमा सत्तारुढ दलको बैठक सुरु भएको छ ।
सरकारको हालसम्मको काम र आगामी योजनालगायत विषयमा छलफल गर्न बैठक सुरु भएको हो ।
यसअघि बुधबार बसेको सत्ता समीकरणको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता समीकरणमा रहेका दलहरू एक ढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिनु भएकाे थियाे ।
साे बैठकमा सरकार गठन भएको एक दिनको समिक्षा लगायतका विषयमा छलफल भएको थियो ।
आजको बैठकमा पनि वर्तमान राजनीतिक घटनाक्रम, सरकारका काम प्रभावकारी बनाउने लगायतका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा सत्ता समीकरणमा कांग्रेस, एमालेसहित, जसपा, जसपा नेपाल, लोसपा, नाउपालगायतका दलहरु रहेका छन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts