
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद बिहीबार सात दिन थप भएपछि रास्वपाले आजदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको हो ।
रास्वपाले आज अपराहन्न १ बजे माइतीघरमा हुने प्रदर्शनमा सहभागी हुन कार्यकर्तालाई आव्हान गरेको छ ।
गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ। पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीले आजमात्रै थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
सडक प्रदर्शन गरेर लामिछानेलाई छुटाउने प्रयास गरेको रास्वपाले पोखरामा स्थानीय जनताको साथ पाउन सकेको थिएन । स्थानीयको सहभागिता नभएपछि रास्वपाका नेताहरुले घरदैलो समेत गरेर भिड जम्मा गर्ने प्रयास गरेका थिए । तर त्यो पनि असफल भएपछि अब नेताहरुले काठमाडौँमा प्रदर्शन गर्न लाग्नुभएको हो ।
रास्वपाले लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको आरोप लगाउदै आएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच