झापा । इलामका दुई खेलाडीले दुई पेनाल्टी पोष्ट बाहिर प्रहार गरेपछि पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौं रोलिङ च्यालेन्जकपको फाइनल प्रवेश गरेको छ ।
धुलाबारी नुमना माविको खेल मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा ४ गोल गर्दै मानेभञ्ज्याङ फाइनल प्रवेश गरेको हो । इलाम रेडहर्सले ३ गोल मात्रै गर्न सक्यो।
निर्धारित समयमा १ / १ भएपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट गरिएको थियो । मानेभञ्ज्याङका पियुस श्रेष्ठ, बालकुमार राई, रोमन भुजेल र श्याम मुर्मुले गोल गरेका थिए । अर्का खेलाडी रोमन भुजेलको प्रहार रेडहर्सका गोलरक्षकले कौशलतापूर्वक रोकेका थिए ।
रेडहर्सका तर्फबाट आयुष तिम्सिना, विवेक मगर र सन्तोष कार्कीले गोल गरे । सन्जय श्रेष्ठ र विवेक सुनामले गोललाई पोष्टको दिशा दिन चुके ।
खेलको २१ औँ मिनेटमा मानेभञ्ज्याङका पियुस कार्कीले गोल गरेका थिए । त्यसको ७ मिनेट पनि नबित्दै खेलको २८ औँ मिनेटमा रेडहर्स इलामका तर्फबाट विदेशी खेलाडी अजय मार्टिनले गोल गर्दै खेलमा बराबरी गरे । राष्ट्रिय खेलाडी नवयुग श्रेष्ठको क्रसलाई सदुपयोग गर्दै मार्टिनले गोल गरेका थिए ।
आजको खेलको प्लेयर अफ द म्याच मानेभञ्ज्याङका पियुस ठकुरी भए । उनले नगद पाँच हजारसहित ट्रफी हात पारे। ठकुरीलाई आयोजक क्लबका अध्यक्ष नोभेम्बर नेम्बाङ लगायतले नगद तथा ट्रफी प्रदान गरेका थिए ।
फाइनल खेलमा आयोजक रोलिङ क्लब धुलाबारी र मानेभञ्ज्याङ दार्जेलिङबीच पर्सि शनिबार हुनेछ । विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल पाउने छन् ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउँदा विधागत पुरस्कार नगद १५ हजार रुपैयाँ पाउने अध्यक्ष नेम्बाङले जानकारी दिए ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा