काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ ।
बिहीबार नेप्से १८.२५ अंकले घटेर २६२७.१४ बिन्दुमा अडिएको हो ।
यस दिन बजारमा १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन बुधवार मात्रै नेप्से २०.४१ अंकले घटेर २६४५.३९ बिन्दुमा अडिएको थियो । आज रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर सबैभन्दा बढी १० प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबैभन्दा बढी एनएलजी इन्सुरेन्सको ३४ करोड ३१ लाख २० हजार बराबरको कारोबार भएको छ भने पिपुल्स हाइड्रोको सबै भन्दा बढी ५ लाख ६ हजार ९२ कित्ता शेयर कारोबार भएको छ ।






