काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिले सरकारको कामलाई केही समय धिमा बनाए पनि सरकार सम्हालिदै अघि बढिरहेको बताउनुभएको छ ।
वर्तमान सरकार गठन भएका सय दिनका उपलब्धिबारे आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचमा दूध र उखु किसानको लामो समयदेखि रोकिएको भुक्तानी उहाँहरुले पाएको बताउनुभयो ।
“लगभग १५ लाख दुग्ध किसानले भुक्तानी पाएका छन् । उनीहरुले पाउने रकम भुक्तानीका लागि सरकारले रु ६० करोड निकासा गरेको थियो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “करिब ७५ हजार उखु किसानले पनि आफ्नो अनुदान बापतको भुक्तानी पाइसकेका छन् ।”
कृषिबाली तथा पशुधन बीमामा समावेश भएका हजारौँ कृषकले पनि अब राहत महसुस गरेका उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बितेको एक सय दिनमा, तिनीहरूको बीमा बापतको भुक्तानी गर्न रु ८० करोड बीमा प्राधिकरणको खातामा पठाइएको स्पष्ट पार्नुभयो । उहाँले हिउँदे बालीका लागि चाहिने रासायनिक मलको बन्दोबस्त गरिसकिएको जानकारी दिनुभयो । निर्माण व्यवसायीले पाउनुपर्नेमध्ये सङ्घीय मन्त्रालयबाट रु ६ अर्ब ७५ करोड यस अवधिमा भुक्तानी भइसकेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts