इजरायली कारबाहीमा १८ प्यालेस्टाइनीको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । प्यालेस्टिनी स्रोतकाअनुसार इजरायलले उत्तरी गाजा पट्टीमा इजरायली आक्रमणबाट मङ्गलवार १८ जनाको मृत्यु भएको छ । प्यालेस्टाइनी चिकित्सकहरूले इजरायली युद्धक विमानले उत्तरी गाजा पट्टीको बेट हानौनमा रहेको आश्रयस्थललाई निशाना बनाउँदा तीन प्यालेस्टाइनीको मृत्यु भएको र दर्जनौं घाइते भएका बताए ।

बेइट लाहिया क्षेत्रमा दुई इजरायली बम विष्फोटमा थप १५ जनाको मृत्यु भएको चिकित्सा स्रोतहरूले बताएका छन् । स्थानीय सुरक्षा स्रोत र प्रत्यक्षदर्शीहरूले इजरायली सेनाले बेइट लाहियामा धेरै घरहरू ध्वस्त पारेको छ भने जबलिया र बेट लाहियामा सयौं प्यालेस्टिनी परिवारहरूलाई घेराबन्दी जारी राखेको छ ।

ADVERTISEMENT

बेत लाहियालाई तोपखाना र विमानहरूद्वारा आक्रमण गरेको छ । अक्टोबरको शुरुदेखि इजरायली सेनाले जबलिया शरणार्थी शिविरमा भूमिगत सैन्य अभियान चलाउँदै आएको छ । जसमा सयौंको मृत्यु भएको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज