काठमाडौं । नारी घरको सौभाग्य हुन् । धर्मशास्त्र अनुसार असल नारी भएको घर स्वर्गसमान हुन्छ भनिन्छ । दुष्ट नारी भएको घर नर्क समान हुन्छ । असल स्वभावकी श्रीमती भएको घरमा सँधै शान्ती मिल्छ । तर पुरुष खराब हुँदैनन् भनेको चाँही होइन । घरलाई स्वर्ग वा नर्क समान बनाउने कुरामा पुरुष र महिलाको भूमिका बराबर हुन्छ । यहाँ धर्मशास्त्र हरुमा उल्लेख गरिएका महिलाका केही बानी, जुन असल घरबारका लागि तत्काल सुधार्नु राम्रो हुन्छ । त्यस्ता स्वभावको विषयमा चर्चा गर्दैछौ ।
श्रीमानलाई आफ्नोमात्रै ठान्ने : यस प्रकारको स्वार्थी सोंच राख्ने महिलाले पुरुषको सार्वजनिक जीवन नै बरबाद बनाइरहेका हुन्छन् । महिलाहरुको त्यही स्वभावका कारण हरेक पुरुष आफ्ना बाबु, आमा, इष्टमित्र, साथीभाई तथा सहकर्मीबाट नचाहेरै पनि टाढा हुन बाध्य हुन्छन् ।
हस्तक्षेपकारी भूमीका : केही महिलाले पुरुषले गरेका हरेक काममा हस्तक्षेप गर्न खोज्छन् । त्यो गलत हो त्यस्तो कार्यले पनि पुरुषको जीवन बरबाद बनाउन सक्छ ।
नमिठो बोल्ने : भनिन्छ वचनको वाण निकै घातक हुन्छ । चर्को स्वरले सम्बन्ध विगार्न सक्छ । त्यसैले मीठो र भद्र वचन बोल्ने महिला सौभाग्यवती मानिन्छन् ।
पैसाका लागि जे गर्न पनी तयार हुने : श्रीमानले सधैं पैसा मात्रै कमाओस् भन्ने सोंच भएका महिलाहरुले पनि हरेक पुरुषलाई पैसा कमाउने मेशिनबाहेक अरु केही ठान्दैनन् । जसले प्रेम, समर्पण तथा बफादारितालाई खरानी बनाउन्छ र जीवन नै उदास बनाइदिन्छ ।
रुञ्चे :सामान्य कुरामा पनि रुने स्वभावका महिलाले पनि पुरुषको जीवनलाई नराम्रो असर पारिरहेका हुन्छन् ।







