काठमाडौं । माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंककोे संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकका अध्यक्ष रोशन केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार २५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा बैंकका सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत तथा बैंक व्यवस्थापनका उच्चपदस्थ पदाधिकारीको उपस्थिति थियो ।






