काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकहरु आगामी अधिवेशनमा पेश गर्न निर्देशन दिनुभएको छ ।
सभामुख घिमिरेले मंगलबार संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई बोलाएर उक्त निर्देशन दिनुभएको हो ।
सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भएको छलफलमा सभामुख घिमिरेले कुन समितिमा कति विधेयक छन् रु त्यसलाई पास गर्न कति समय लाग्छ भनेर चासो राखेका थिए ।
समिति सभापतिहरुले संसद अधिवेशन अन्त्य भएसँग बैठक बस्न नसकेको बताउनु भएको थियो । अधिकांश सांसद गृह जिल्लामा गएकाले बैठक बस्न कोरम समेत नपुगेको उहाँहरुले बताउनु भएको थियो ।
सभामुख घिमिरेले भने संसदको अधिवेशनमा समितिमा रहेका सबै विधेयक पेश गर्न निर्देशन दिनुभएको बुझिएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts