काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अदालतले रवि लामिछानेलाई बुधवार छोड्ने दाबी गर्नुभएको छ ।
सोमवार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै परियारले यस्तो दाबी गर्नुभएको हो । उहाँले अदालतप्रति रास्वपाको उच्च सम्मान रहेको भन्दै बुधवार अदालतले लामिछानेलाई जेलमा राखेर अनुसन्धान गर्नुपर्दैैन भनेर छोड्ने बताउनु भयो । उहाँले नेपालको इतिहासमा खासखास समयमा अदालतले न्याय सम्पादन गरेको बताउनु भयो ।
उहाँले सरकारले अदालतको न्यायप्रणालीलाई बिगार्ने काम गरेको आरोप लगाउनु भयो । उहाँले पोखरामा बाहिरबाट पार्टीका कार्यकर्ता नआएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘अदालत प्रति रास्वपाको उच्च सम्मान छ । नेपालको इतिहासमा खासखास समयमा अदालतले न्याय सम्पादन गरेको छ । सरकारले अदालतको न्यायप्रणालीलाई बिगार्ने काम गरेको छ । बुधवार कार्की अदालतले रवि लामिछानेलाई जेलमा राखेर अनुसन्धान गर्नुपर्ने केही छैन भनेर छाड्छ भन्ने विश्वास छ । अदालत प्रति विश्वास्त छौं । अन्यायको विरुद्ध बोल्न केही बाहिरबाट कार्यकर्ताहरु आउनुभएको छ । तर बाहिर भनेजस्तो सबै साथीहरु बाहिरबाट आउनुभएको छैन । पोखरा रवि लामिछानेको पक्षमा एक दिन जुरुक्क उठ्नेछ । सरकार विरुद्ध लाग्नेछ । हाम्रो विश्वास अदालतप्रति छ तर सरकारप्रति छैन ।’
उहाँले सरकार विरुद्ध रवि लामिछानेलाई रिहाई गर्ने आन्दोलनमा पोखरावासीको साथ आवश्यक रहेको बताउनु भयो । उहाँले पोखरा सचेत नागरिक बस्ने ठाउँ भएकाले सरकार विरुद्ध रास्वपाको आन्दोलनमा साथ दिने आशा व्यक्त गर्नुभयो ।






