सर्लाही । नजिकिँदो दीपावली, तिहार र छठ पर्वको अवसरमा सर्लाहीका विभिन्न स्थानमा फुटबल र क्रिकेट प्रतियोगिता आयोजना गरिएका छन् ।
सर्लाही जिल्ला क्रिकेट संघको आयोजनामा सदरमुकाम मलंगवामा टि–ट्वान्टी क्रिकेट प्रतियोगिता संचालन भैरहेको छ । ६ टिम सहभागी प्रतियोगिताको सोमवार तोस्रो दिनको खेल संचालन भैरहेको छ ।
सर्लाही क्रिकेट संघ आफैले आयोजना गरेको प्रतियोगिताको बिजेतालाई एक्काईस हजार र उपबिजेतालाई १५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । खेलाडीको प्रोत्साहनका लागि क्रिकेट संघ आफैले खेल आयोजना गराएकाले धेरै पुरस्कार राशी राख्न नसकिएको सर्लाही क्रिकेट संघका अध्यक्ष एवं नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रिय सदस्य माधव कर्मचार्यले जानकारी दिनुभयो । क्रिकेट प्रतियोगिताको मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायले उद्घाटन गर्नुभएको छ ।
नजिकिँदो चाडबाडको अवसरमा ईश्वरपुर नगरपालिका १३ श्रीनगरमा शुक्रबारदेखि नै मधेश प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता आयोजना भइरहेको वडाध्यक्ष तिलबहादुर तामाङ (तिलक) ले बताउनुभयो । यस्तै, सर्लाहीका तीन स्थानमा शनीवार वाट फुटबल प्रतियोगिता संचालन भैरहेको छ । सर्लाहीको हरिपुर नगरपालिका–२, सानो जगतपुरमा आयोजित जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता संचालन भैरहेको छ । शनीवारबाट सानो जगतपुर चौरमा सुरु भएको प्रतियोगिताको आयोजना नव संघर्षशील युवा क्लब हरिपुरको गरेको छ । कात्तिक १४ गते फाइनल खेल हुने प्रतियोगितामा १४ वटा टिमले सहभागिता जनाएका आयोजक नव संघर्षशील युवा क्लब हरिपुरका अध्यक्ष अमृतकुमार घिसिङले जानकारी दिनुभयो ।
फुटबल प्रतियोगिताको संविधान सभा सदस्य रामचन्द्र चौधरीको प्रमुख आतिथ्यता, हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापा, माओवादी केन्द्रका नेता प्रल्हाद बुढाथोकीको विशिष्ठ आतिथ्यता र अन्य अतिथिको आतिथ्यतामा उद्घाटन गरिएको हो । यस्तै, ईश्वरपुर नगरपालिका ४ सागरनाथमा शनीवार बाटै स्वर्गिय जगदीशचन्द्र देवमाया सुवेदी स्मृति प्रतिष्ठान गोल्डकप सुरु भएको छ ।
प्रतियोगिताको आयोजक सनसागरनाथ युवा क्लब सागरनाथका अध्यक्ष सुनिल मोक्तानको अध्यक्षता तथा मधेश सरकारका खेलकुद मन्त्री प्रमोदकुमार जयसवालको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । प्रतियोगिताको पहिलो पुरस्कार एक लाख १ हजार १११ रुपैयाँ र दोस्रो पुरस्कार ५१ हजार १११ रुपैयाँ राखिएको पुरस्कार राखियको छ । यसको प्रायोजकको रुपमा स्वर्गिय जगदीशचन्द्र देवमाया सुवेदी छोरा सन्तोषकुमार सुवेदीले रहनुुभएको छ ।
प्रतियोगितामा १५ वटा टिम सहभागी छन् । भने शनीवार बाटै लालबन्दी ३ जब्दी भैरवपुरमा सातौं नगर स्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको वडाध्यक्ष वुद्धदेव चौधरीको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ ।
प्रतियोगितामा पहिलो हुने वडाले एक लाख ११ हजार १ सय ११ रुपैयाँ, दोस्रो हुने वडाले ५५ हजार ५५५ रुपैयाँ र तेस्रो हुने वडाले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने फुटबल प्रशिक्षक अर्जुन चौधरीले बताउनुभयो । प्रतियोगितामा लालबन्दी नगरपालिकाको १७ वटै वडाले भाग लिएका छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा