रुपन्देही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले वर्तमान केपी ओली नेतृत्वको सरकारले दल विभाजनको अध्यादेश ल्याए सरकार आफैँ अप्ठ्यारोमा पर्ने बताउनु भएको छ।
एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटीले सोमबार कपिलवस्तुमा आयोजना गरेको बिस्तारित बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सरकारलाई चुनौती दिँदै भन्नुभयोे, ‘आज के सूचना आएको छ भने यो सरकारले अध्यादेश ल्याउन खोज्दै छ रे ! म भन्छु खबरदार ! अरू पार्टीलाई टुक्क्राउने दुस्साहस यो सरकारले गर्छ भने त्यसको परिणाम नराम्रो हुनेछ,’ उहाँले भन्नुभयो, ‘त्यसको परिणाम सरकारले भोग्नुपर्ने हुन्छ । ख्याल होस् अरूलाई सिध्याउँछु भनेर लाग्नेहरू आफैं समाप्त भएर जान्छन् । संसारको इतिहासले बताएको छ । संसारले समाप्त गर्छु भन्ने हिटलर मर्ने बेलामा एक्लो थियो । त्यसैले हिटलरी शैलीलाई परित्याग गर्नुस् ।’
आफूहरूमा एमाले वा अध्यक्ष केपी शर्मा ओली कसैसँग पनि बदलाको भावना नभएको नेपालले बताउनु भयो । ‘बरू विकास गरेर देखाउनुहोस् । यो देशले विकास गर्न पाएको छैन । देश विकास कसरी गर्ने भन्ने विषयमा हामी सहयोगी बन्छौं । हाम्रो मनमा केपी ओली वा एमाले कसैसँग बदलाको भावना छैन,’ नेपालले भन्नुभयो।
विचार र मन मिल्नेसँग मोर्चा सहकार्य र हातेमालो गरेर पार्टी अघि बढ्ने उहाको भनाई छ । तर, एकता भने नगर्ने नेता नेपालको भनाइ छ । ‘हामी कतै विलीन हुँदैनौं, कसैले माओवादी, कसैले एमालेसँग एकता गर्छ भन्ने अनावश्यकता चर्चा गरेका छन् ।
त्यसमा सत्यता छैन, अध्यक्ष नेपालले भन्नुभयो, ‘कसैले पनि मन खुम्चाउनुपर्ने आवश्यकता छैन । हामी कतै विलीन हुँदैनौं । माओवादी र एमालेसँग विलीन हुँदैनौं ।’ चुनौती धेरै भए पनि पार्टी आफ्नै शक्तिमा उभिएर अघि बढ्दै गएको नेपालले वताउनु भयो।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts