काठमाडाैं । मङ्गोलियाले हरेक वर्ष अक्टोबर २३ मा मनाइने अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसको पूर्वसन्ध्यामा दुर्लभ हिउँ चितुवाको संरक्षणको महत्वलाई जोड दिएको छ । वर्ल्ड वाइड फण्ड फर नेचर मंगोलियाले आयोजना गरेको कार्यक्रम मङ्गोलियाको राजधानी उलान बातोरमा हिउँ चितुवा संरक्षणमा जेड दिएको हो ।
कार्यक्रममा हिउँ चितुवाका आश्चर्यजनक तस्बिरहरू प्रदर्शन गर्ने फोटोग्राफी प्रदर्शनी भएको थियो । मंगोलियाले बासस्थानको संरक्षण गर्न प्रभावकारी संरक्षण उपायहरूको तत्काल आवश्यकताबारे सचेतना जगाउने उद्देश्य राखेको छ ।
मंगोलिया चीन पछिको दोस्रो ठूलो हिउँ चितुवाको घर हो । जहाँ १ हजार वयस्क हिउँ चितुवा रहेका छन् । लगभग ३ लाख २८ हजार ९ सय वर्ग किलोमिटर क्षेत्रको अल्ताई, सायन र खंगाई पर्वत श्रृंखलामा अवस्थित छ ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा