युद्धपछि अफगानिस्तानमा गरिबीसँग जुध्दै स्थानीय

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । दशकौंदेखिको विदेशी आक्रमण, आन्तरिक द्वन्द्व र गृहयुद्धले अफगानिस्तानलाई विनाश, विस्थापन र चरम गरिबीको अवस्थामा पुर्‍याएको छ । युद्धपछि अफगानिस्तानका स्थानीय जनता अझै पनि गरिबीले त्रसित छन् ।

आफ्नो जन्मभूमि कुन्दुज प्रान्तको द्वन्द्वबाट भागेका जाहिर अहिले काबुलको एउटा बस्तीमा बस्नुहुन्छ । उहाँले आफ्नो जस्तै परिवारहरूको लागि भयानक वास्तविकता वर्णन गर्नुभयो । खाना निरन्तर चिन्ताको विषय बनेको बताउनु भयो । युद्धग्रस्त हेलमाण्ड प्रान्तका गुल १८ वर्षदेखि काबुलमा बस्दै आउनुभएको छ । उहाँले युद्धले आफूसँग भएको सबै थोक भष्म पारेको बताउनु भयो ।

ADVERTISEMENT

अगस्टमा मानवीय मामिला समन्वय कार्यालयको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले देशको आधाभन्दा बढी जनसंख्यालाई (२३.७ मिलियन अफगानीहरूलाई) मानवीय सहायताको आवश्यकता रहेको बताएको छ । ४८ प्रतिशत गरिबीको रेखामुनि बस्ने गरेको खुलासा गरेको छ  । अफगानिस्तानको कार्यवाहक प्रशासनले रोजगारी सिर्जना गर्न र गरिबी घटाउन नहर, खानी र सडकलगायत विकास परियोजनाहरू शुरु गरेको छ । तर स्थानीयवासीले चुनौती पार गर्न वर्षौं लाग्ने विश्वास गरेका छन् ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज