
काठमाडौं । पछिल्ला वर्षहरूमा नेपाली वस्तुको निर्यात निरन्तररूपमा घट्दोक्रममा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिना अर्थात् भदौसम्मको तथ्यांकअनुसार कुल वस्तु निर्यात ५.१ प्रतिशतले घटेर २५ अर्ब नौ करोडमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७.८ प्रतिशतले घटेको थियो ।
चालु आर्थिक वर्षको दुर्ई महिनामा कुल वस्तु निर्यात ५.१ प्रतिशतले घटेर २५ अर्ब नौ करोडमा झरेको छ भने कुल वस्तु आयात भने १.१ प्रतिशतले बढेर दुई खर्ब ६२ अर्ब ५४ करोड पुगेको छ ।
गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ४.५, ४५.३ प्रतिशत र ३.९ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा चिया, पार्टिकल बोर्ड, पिना, जुत्ता तथा चप्पल, सोयाबिन तेललगायतको निर्यात बढेको छ भने अलैंची, जिंक शिट, पाम तेल, तयारी पोशाक, जडीबुटीलगायतको निर्यात घटेको छ । आर्थिक वर्ष २०८१/८२ को दुर्ई महिनामा कुल वस्तु आयात भने १.१ प्रतिशतले बढेर दुई खर्ब ६२ अर्ब ५४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५.१ प्रतिशतले घटेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ०.१ र ५.१ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ११.९ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा यातायात उपकरण, सवारीसाधन तथा अन्य सवारीसाधनका स्पेयर पार्ट्स्, खाने तेल, रासायनिक मल, दूरसञ्चार उपकरण तथा पार्ट्स, लसुनलगायतको आयात बढेको छ भने सुन, एमएस बिलेट, धान तथा चामल, कच्चा पाम तेल, विद्युतीय उपकरणलगायतको आयात घटेको छ । निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, तथा नेपालगञ्ज भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, मेची, रसुवा तथा तातोपानी भन्सार कार्यालयबाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयात घटेको छ । आर्थिक वर्ष २०८१/८२ को दुर्ई महिनामा कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले बढेर दुई खर्ब ३७ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात ९.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी २९ अर्ब ९३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२ अर्ब १४ करोड बराबरको भएको थियो ।
बृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५३.२ प्रतिशत र ४५.६ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् १.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४.१ प्रतिशत, ०.२३ प्रतिशत र ४५.६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४९.७ प्रतिशत, पुँजीगत वस्तुको ८.६ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४१.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपात क्रमशः ५२.८ प्रतिशत, ९.१ प्रतिशत र ३८.१ प्रतिशत रहेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच