
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट प्रदेशगतरूपमा छनोट भएका एक सय १७ जना नवनियुक्त अधिकृतलाई १४ दिने पूर्व सेवाकालीन तालिम सुरु गरेको छ । तालिम कार्यक्रम उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले प्रतिस्पर्धी बजारमा बैंकले लिएको उद्देश्य कार्यान्वयनमा ठूलो संख्याको जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
जनताको ठूलो विश्वास बैंकप्रति रहेकाले व्यावसायिकरूपमा कार्य गर्ने सोच बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । विभिन्न प्रक्रियापछि बैंकले एकपटक ठूलो संख्यामा युवा अधिकृतलाई नियुक्ति दिएर बैंकिङ क्षेत्रमार्फत् देश र नागरिकको सेवा गर्ने अवसर प्रदान गरेको खनालको भनाइ थियो ।
सो अवसरमा उहाँले नवनियुक्त सहायक प्रबन्धक, उपप्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धक तहका जम्मा एक सय १७ अधिकृतलाई बैंकको कर्मचारी सेवा विनियमावलीबमोजिम शपथसमेत गराउनुभएको छ । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, मानव संसाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त अधिकृत कर्मचारीलाई बधाई दिएका थिए ।
सो अवसरमाा बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल, रामकुमार थापा र तालिम तथा सिकाइ विभागका विभागीय प्रमुख पद्मालक्ष्मी जिसीलगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच