
काठमाडौं । ज्योति विकास बैंकले पोखराको लेकसाइडस्थित कुटी रिसोर्टमा ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । सम्झौताअन्तर्गत बैंकका ग्राहकले उक्त रिसोर्टमा खानामा २०, पेय पदार्थमा १० र रुम चार्जमा १५ प्रतिशतसम्मको आकर्षक छुटको फाइदा लिन सक्नेछन् ।
सम्झौता पत्रसँगै नेपालको प्रमुख पर्यटकीय स्थल फेवाताल नजिक रहेको उक्त रिसोर्टमा ग्राहकले एक वर्षको अवधिसम्म उक्त छुटको लाभ उठाउन सक्ने बैंकले जनाएको छ । कुटी रिसोर्ट सम्पूर्ण आधुनिक सुविधासहितको थ्री-स्टारस्तरको रिसोर्ट हो । ज्योति विकास बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायसँग निरन्तर सहकार्य गर्दै ग्राहकलाई विशेष छुट र सुविधा प्रदान गर्दै आएको छ ।
संस्थागत सुशासनलाई शिरोपर गर्दै समाजप्रति उत्तरदायी बैंकले नवीनतम चिन्तनसाथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिन पनि परिवर्तनको ज्योति बन्ने अठोटप्रति प्रतिबद्ध रहेको बैंकको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच