
काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताका श्रीमान्/श्रीमतीका साथै छोराछोरीको उपचार खर्चसमेत बेहोर्ने भएको छ । कोषले वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक क्षेत्र र स्वरोजगार योगदानकर्ताका श्रीमान्/श्रीमती तथा छोराछोरीको उपचार खर्च बेहोर्ने भएको हो । कोषका अनुसार औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत उक्त सुविधा थपिएको हो ।
छोराछोरीको हकमा यस्तो उपचार सुविधा १८ वर्षसम्मकाले पाउनेछन् । वार्षिक एक लाख २५ हजारसम्मको औषधि उपचार खर्च कोषले बेहोर्नेछ । उपचारमा लागेको जम्मा रकमको ८० प्रतिशत कोषले बेहोर्छ भने २० प्रतिशत आफैंले तिर्नुपर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच