युवाहरुले जनकपुरमा निकाले धोती, कुर्ता र सारी जुलुस

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

जनकपुर । मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले युवाहरुले धोती, कुर्ता र सारी जुलुस निकालेका छन् ।

पछिल्लो समय युवाहरुमा मिथिलाको मुख्य पोशाकको रुपमा रहेको धोती कुर्ताप्रति बढ्दै गइरहेको वितृष्णा कम गर्ने उद्देश्यले युवाहरुले जनकपुरधाममा धोर्तीकुर्ता तथा सारी जुलुस निकालेका हुन् । धोती कुर्ता तथा सारी लगाएका सय भन्दा बढी युवा/युवतीले जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा पुगेर मन्दिरको परिक्रमा गरेका हुन् ।

मिथिलाको आफ्नो वस्त्र तथा मिथिला संस्कृति हामी युवाहरुरले नै जोगाउनुपर्छ भन्ने उद्देश्यले आफूहरुले जुलुस निकालेको जुलुसमा सहभागी सुमित जलानले बताउनु भयो । उहाँले यसलाई अभियानकै रुपमा आफूहरुले अगाडी बढाएको बताउनु भयो ।

ADVERTISEMENT

यता धोर्तीकुर्ता तथा सारी जुलुस अभियानको अगुवाई गरिरहनुभएका मोहन महतो कोइरीले आफूले यो अभियान विगत ७ वर्षदेखि चलाउँदै आइरहेको र यो अभियान यस पटक प्रत्यक छठ घाटमा लैजाने अभियान रहेको बताउनु भयो । उहाँले आउन लागेको मिथिलाको पर्व छठको समयमा धोती कुर्ता लगाएरै छठको घाटमा पुग्न अपिल गर्नुभयो ।

युवतीहरुमा सारीप्रति आकर्षण रहेपनि सारी लगाउने तरिकामा आधुनिकताले छोइरहेकोप्रति जुलुसमा सहभागी विनिता महतोले दुःख व्यक्त गर्नुभयो । उहाँले युवतीहरुलाई पुर्खाले जसरी सारी लगाउन आग्रह समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *