काठमाडौँ । केहीबेर अघिदेखि मन्त्रिपरिषद्को बैठक जारी छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार साँझ बैठक शुरु भएको हो ।
आजको बैठकले बाढी पहिरोपछिको पुन निर्माण र राहत वितरणबारे निर्णय गर्ने बुझिएको छ ।
यस अघि आजै प्रधानमन्त्री एवम् राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसेको थियो ।
प्राधिकारण कार्यकारी समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको थियो ।
बैठकले पुनर्निर्माण तथा पुनःस्थापनाको काम गर्दा गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेरमात्रै गर्नुपर्ने निर्णय गरेको थियो ।
बैठकले पुनर्निर्माण तथा पुनःस्थापना गर्न विस्तृत क्षति आंकलन गर्ने निर्णयसँगै बिहीबार बसेको कार्यकारी समितिको बैठकले गरेका निर्णय अनुमोदन पनि गरेको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts