काठमाडौं । युनिलिभर नेपालले नेपाली महिला फुटबल टोलीलाई ट्राभल किट सहयोग प्रदान गरेको छ । कम्पनीले राष्ट्रिय महिला फुटबल टोलीको आधिकारिक स्पन्सर रहेको आफ्नो पर्सनल केयर ब्राण्ड डोभमार्फत् एन्फा कार्यालयमा नेपालको राष्ट्रिय महिला फुटबल टोलीका २७ खेलाडी तथा अधिकारीहरूलाई विशेष ट्राभल किट हस्तान्तरण गरेको हो ।
कम्पनीले उनीहरूको सफलतातर्फको यात्रामा समर्थन गर्न जारी राख्दै डोभले आफ्नो ब्राण्डको हेरचाह, सशक्तीकरण र आत्मविश्वासको प्रतिबद्धतासहित भविष्यका लागि एक दिगो प्रभाव छोडेको छ । दीर्घकालीन, मूल्य सञ्चालित साझेदारी, महिला फुटबल प्रवद्र्धन र फिफा महिला विश्वकप जस्ता प्रमुख टुर्नामेन्टसँग पंक्तिबद्ध गर्दै फुटबल संस्कृतिमा गहिरोरूपमा एकाकार गर्ने उद्देश्यसाथ युनिलिभरले परम्परागत स्पन्सरसिपभन्दा दर्शकसँग भावनात्मक सम्बन्ध सिर्जना गर्दै सकारात्मक सामाजिक परिवर्तन ल्याउने आशा राखेको जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा