काठमाडौं । सिटिजन्स क्यापिटल र दाउन्ने एग्रो फार्मबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा दाउन्ने एग्रो फार्मका कार्यकारी निर्देशक विनोद पोखरेल तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।
दाउन्ने एग्रो फार्म २०७४ सालमा स्थापना भएको नेपालकै सबैभन्दा ठूलो अण्डा उत्पादक कम्पनी हो । कम्पनीले जर्मनी र मलेसियाबाट आयात गरिएको पूर्ण स्वचालित वातानुकूलित प्रविधि प्रयोग गरी दैनिक १७ सय कार्टुन ‘एन्टिबायोटिक फ्री’ र गुणस्तरीय अण्डा उत्पादन गर्दै आएको जनाएको छ ।
कम्पनीले फार्मको सम्पूर्ण गतिविधि अभिलेखीकरण गर्न जर्मनीमा विकसित गरिएको इआरपी सफ्टवेयर प्रयोगमा ल्याएको छ, जसबाट अण्डाको प्रतिइकाई लागत गणना, बिक्री व्यवस्थापन, मौज्दात व्यवस्थापनलगायतका सम्पूर्ण गतिविधि निगरानी हुन्छ । भविष्यमा कुल छ लाख कुखुराबाट दैनिक दुई हजार छ सय कार्टुन अण्डा उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ३ स्थित कम्पनीमा आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडअन्तर्गतको नेपाल अपरच्युनिटी फण्ड-१ को समेत लगानी रहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा