हेटाैंडा । मकवानपुरको मनहरीबाट जुवा तास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। मनहरी गाउँपालिका-६ भुलचोक स्थित कृष्ण पाख्रिनको गोठमा जुवा तास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मनहरी गाउँपालिका ६ बस्ने वर्ष ४७ को रेशम तामाङ, सोही स्थान बस्ने ,वर्ष २४ को रविन मोक्तान , वर्ष ५३ को गोपीलाल मोक्तान वर्ष ४२ को अशोक राई,वर्ष ४० को कृष्ण थिङ, वर्ष ४० को कृष्ण पाख्रिन,वर्ष ४५ को सन्तोष राई र वर्ष ३३ को विष्णु पाख्रिन रहेका छन् ।
बिहीबार राति १२ बजेको समयमा सूचनाको आधारमा प्रहरी निरीक्षक बिशाल सापकोटाको कमाण्डमा टोली खटिई नगद रु.४५ हजार ४ सय ४५ र १० बुक ताससहित ८ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा