एजेन्सी । भारतको नेसनालिस्ट कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दीकीको गोली हानी हत्या भएको छ । शनिबार राति अबेर मुम्बईको बान्द्रा पूर्वमा उहाँमाथि गोली प्रहार भएको हो । त्यसपछि उहाँलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरएको थियो । तर, उहाँको मृत्यु भयो ।
यस गोलीकाण्डपछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सबै दोषीविरुद्ध कडा कारबाही गरिने बताउनुभएको छ ।
गत फेब्रुअरीमा कांग्रेस आई छाडेर सिद्दीकी एनसीपी (अजित पवार समूह) मा सामेल हुनुभएको थियो । बान्द्रा पश्चिमबाट तीन पटक विधायक रहेका बाबा सिद्दीकी महाराष्ट्रमा राज्य मन्त्री हुनुभएको थियो ।
उहाँ महाराष्ट्र हाउजिङ एन्ड एरिया डेभलपमेन्ट अथोरिटीको मुम्बई डिभिजनका अध्यक्ष पनि हुनुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता