काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई दशैंको टीका र जमरा लगाइदिनुभएको छ ।
शनिबार निर्मल निवासमा दिउँसो ४ बजेपछि पूर्वराजाज्ञानेन्द्र शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका र जमरा लगाइदिनुभएको हो ।
दशैंको मुख्यदिन आज मान्यजनको हातबाट शुभसाइतमा टीका गाएका छन् भने आजकै दिनदेखि पूर्णिमाको दिनम्म मान्यजनको हातबाट टीका र जमरा लगाउने परम्परा छ ।












