बिपी राजमार्ग पहिरोले पुन:अवरुद्ध

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ पिप्लेमा पुनः पहिरो खसेको छ । सडकमाथिबाट सुक्खा पहिरो खसेसँगै वैकल्पिक बाटो पनि अवरुद्ध भएको छ ।

रोशी खोलाको बाढीले उक्त राजमार्गका विभिन्न खण्ड बगाएरपछि सडक विभाग र रोशी गाउँपालिकाको सक्रियतामा बिहीवार राति उक्त सडकमा ‘ट्र्याक’ जोडिएपछि सवारी साधन सञ्चालन भएका थिए ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मानबहादुर घलेका अनुसार पहिरोमा सिन्धुली र खोटाङबाट काठमाडौंतर्फ आइरहको बस र टाटा सुमो पुरिएका थिए । यद्यपि मानवीय क्षति भएको छैन । अवरुद्ध सडक सञ्चालनको प्रयास जारी छ ।

सडक डिभिजन कार्यालयका कर्मचारी चन्द्रबहादुर लामाले अहिले पनि पहिरो झर्ने क्रम नरोकिएकोले तत्काल सडक खुल्ने सम्भावना नरहेको बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?