काठमाडाैं । उत्तरी वेस्ट बैंकको नाब्लुस शहरमा इजरायली सेनाल चलाएको गोली लागेर चार प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले चार युवाको शव शहरको सरकारी अस्पतालमा लगिएको जनाएको हो ।
नाब्लुसका गभर्नर घसान डघलासले हत्याको निन्दा गर्नुभयो । यसैबीच फतह आन्दोलनले चार मृतकहरू आफ्नो सशस्त्र शाखा, अल–अक्सा शहीद ब्रिगेडका सदस्य रहेको बताएको छ । विगत १२ महिनादेखि इजरायल र प्यालेस्टाइनबीच हिंसा बढेको बेला यो घटना भएको हो ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच