हेटौंडा । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकास कार्यक्रम विज्ञको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापालाई मनोनीत गरेको छ ।
मन्त्री मीनकृष्ण महर्जनले बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि सल्लाह सुझाव तथा आवश्यक नीति निर्माणमा सहयोग हुने विश्वासका साथ थापालाई जिम्मेवारी दिनुभएको हो ।
खेलकुदसंग सम्बन्धित विकास कार्यक्रमहरुको योजना र खेलाडीहरुको वृद्धि विकासलाई समेत सुनिश्चित गर्न प्रदेश सरकार र खेलकुद मन्त्रालयलमा आवश्यकता अनुसार सल्लाह सुझाव दिने र कार्य गर्ने गरी थापालाई मनोनीत गरिएको मन्त्री महर्जनले बताउनुभयो ।
काठमाडौं महानगरपालिका-१० निवासी थापा काठमाडौं व्याडमिन्टन एकेडेमीका संस्थापक हुनुहुन्छ । व्याडमिन्टनमार्फत् विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गर्दै ब्राजिलमा भएको रियो ओलम्पिक २०१६ मा समेत नेपालको प्रतिनिधित्व गरिसकेका थापाको अनुभवले बागमती प्रदेशको खेल क्षेत्रमा टेवा पुग्ने मन्त्री महर्जनले विश्वास व्यक्त गर्नुभयो ।
स्पोट्स इभेन्ट म्यानेजमेन्टमा मास्टर्स गरेका थापाले खेल र खेलाडीको वृद्धि विकासका लागि विभिन्न कार्यहरु संचालन गर्नुको साथै नेपालमा खेलकुदका कार्यक्रमहरु आयोजना गर्दै आउनुभएको छ । उहाँ नेपाल चेम्बर अफ कमर्सको शिक्षा तथा खेलकुद समितिको सह अध्यक्षसमेत हुनुहुन्छ ।
मन्त्रालयले यसअघि खेल विज्ञको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलाई समेत मनोनित गरिसकेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts