उत्कोचे वसते लक्ष्मी
घूस नखाए धनी बनिँदैन किनभने घूसमा नै लक्ष्मीको वास हुन्छ ।... हो, त्यस बेला म विद्यार्थी थिएँ । मेरा मनमा पञ्चायतप्रति असाध्य घृणा थियो । पञ्चलाई मान्छेका अनुहारका दासानुदास ठान्थेँ । त्यस बेलाका गाउँले (साना) कांग्रेसले कम्युनिष्टलाई पनि असल मान्छे कम्युनिष्ट हुँदैन भनेर भनेको सुन्थेँ । नेपाल भारतका धेरैजसो कम्युनिष्ट असल छँदा पनि थिएनन् । मनमोहन अधिकारी कसरी कम्युनिष्ट भएछन् भनेर मलाई पढ्न मन लागेर पुस्तक खोजेँ तर पाइन । मेरा नजरमा उनी असल थिए । नयाँ पाइलो भन्ने एउटा पत्रिका निक्लन्थ्यो जनकपुरबाट । लेखनाथ भन्ने मान्छे त्यसका सम्पादक थिए ।
मलाई कम्युनिष्ट बनाउन एकजना साथीले भानुचोकको तिनका घरमा पुर्याए । ‘धन दौलत नभएका सबै कुरा हारेकालाई सर्वहारा भन्छन् तँ म जस्ता मान्छे ने.वि.संघ या कांग्रेस हुने होइनौं । हामी त सर्वहारा वर्गका मान्छे हौं । अतः हाम्रो नेता सरोज कोइराला होइन नयाँ पाइलाको सम्पादक लेखनाथ... हुन् ।’ लु हिँड भनेर मलाई एक दिन तिनका घरमा पुर्याए । म ज्ञानकूप राजकीय संस्कृत प्रधान पाठशालामा पूर्वमध्यमाको कक्षामा नव्यव्याकरण विषय लिएर पढ्दै थिएँ । यतिबेलासम्ममा राजा भनेको प्रगल्भताको प्रतिमूर्ति हो, कर्मचारी भनेका ताबेदारमात्र हुन् तिनका दिमागमा चाकडी, चाप्लुसी र उत्कोच ग्रहणबाहेक केही हुँदैन भन्ने मलाई सिकाएका थिए मेरै अग्रज कांग्रेसले ।
कम्युनिष्ट कठोर, वस्तुवादी, ढोङ्गी र कृत्रिम चरित्रका हुँदारहेछन् । विष्णु रिजाल, खड्गप्रसाद शर्मा ओली, गोकुल बाँस्कोटा, सूर्य थापा यस्तै कठोर तथा कृत्रिम प्रकृतिका मान्छे अहिले रातोदिन सञ्चार संयन्त्रमा देखिन्छन् । यिनलाई अध्यात्मभन्दा भौतिक कुरा बढी मन पर्छ । सम्झौता भन्दा भिडन्त रुचाउँछन् ।
हामी लेखानाथका घरमा पुग्यौं बिहानको समय थियो । बैठक कोठा राम्ररी सजिएको थियो । त्यहाँ भूइँमा सत्रन्जा ओच्छ्याएको थियो हामी त्यसैमा बस्यौँ । म कुर्सीमा बस्न लागेको थिएँ साथीले त्यहाँ त गरिबका तारणहार काम्रेड बस्छन् । हामी त तल बस्नुपर्छ यहाँ कांग्रेसका घरमा जस्तो सानाठूला सबै एकै लहर बस्न पाइँदैन भनेर मलाई सम्झाएको थियो । सरोज दाइका घरमा त यस्तो हुँदैन त भनेपछि । हामीले कुरा गर्दागदै सर्वहाराका तारणहार कोठामा आए । मैले देखेको तर बोलचालमात्रै नभएका मान्छे रहेछन् । साथीले उठेर देव्रे हातको मुड्की बटारेर लाल सलाम भनेर अभिवादन गरे । मलाई अप्ठ्यारो लागेर म उठेँमात्रै दुवै हात जोडेर नमस्कार गरेँ ।
उनी आरामसँग राम्रो कुर्सीमा बसे । मलाई मेरा साथीले भूइँमा नै राखे । कुरा सुरु हुनासाथै लेखनाथले तिमीहरू के संगठन गर्छांै नेतालाई अभिवादन गर्ने काइदा त सिकेका रहेनछौ के अरे तिम्रो नाम भनेर मतिर इसारा गरे, मैले आफ्नो नाम भने । उनी र मलाई त्यहाँ लैजाने साथी जति जति कम्युनका कुरा गर्थे त्यति त्यति नै मलाई कम्युनिष्ट शब्दमाथि घिन थालेको थियो । अस्ति संयुक्त राष्ट्रसंघको खिखिरलैस सकेर देशमा आइपुग्नै नपाई एकजना गोठालाले ‘म दुँदेरो बोकेर भैंसी दुहुन गएको थिइन’ भनेछन् । के निहुँ पाऊँ र कनिका बुक्याऊँ भनेर बसेका पत्रकार बास गज्जब सुरु भई त गयो गोठाले जुहारी ।
जसोजसो बराजै उसैउसै स्वाहा
त्यस बेला ‘सचित्र चीन’ भन्ने माओ र चाओको आवरणमा फोटो भएको कस्तोकस्तो बास्ना आउने पत्रिका आउँथ्यो नेपालमा चीनबाट । पुस्तकमा गाता लाउन त्यो गज्जबको हुन्थ्यो । आकाशे रङका सैनिकले लाउने जस्ता कमेज पनि पाइन्थे चीनबाट आएका । राता कपडाका चाइनिज जुत्ता बलिया हुन्थे । मैले पनि किनेर लाएको थिएँ । चाइनिज कलम पनि आउँथ्यो । पछि जापानबाट पाइलट कलम आउन लाग्यो । नत्र भने भारतको प्लाटो भन्ने कलम तीन मोहरदेखि दुई रुपैयाँमा पाइन्थ्यो । हामी त्यही कलम चलाउँथ्यौं । निब बिग्रे जिब्री बिग्रे निबजिब्री फेर्न पाइने, एक मुठी मसी जाने । जाडाका बेला घाममा बसेर लेख्दा भने मसी छाथ्यो त्यसले ।
यो प्रथमादेखि विद्यावारिधिसम्मका परीक्षाहरूमा मलाई सफलता दिलाउने मातासरस्वती बसेको कलम थियो मेरा लागि । प्राचीन कुरा मन पर्ने, हृदयमा करुणा र कोमल भावना भएका कारणले म कम्युनिष्ट बन्न सकिन । कम्युनिष्ट कठोर, वस्तुवादी, ढोङी र कृत्रिम चरित्रका हुँदारहेछन् । विष्णु रिजाल, खड्गप्रसाद शर्मा ओली, गोकुल बाँस्कोटा, सूर्य थापा यस्तै कठोर तथा कृत्रिम प्रकृतिका मान्छे अहिले रातोदिन सञ्चारसंयन्त्रमा देखिन्छन् । यिनलाई अध्यात्मभन्दा भौतिक कुरा बढी मन पर्छ । सम्झौताभन्दा भिडन्त रुचाउँछन् । किसुनजी, गणेशमानजी र गिरिजाप्रसादले यिनलाई कसरी मतपत्रमा विश्वास गराए म भन्न सक्दिन । यी त जंगली भालुजस्ता मान्छे देख्यो कि थुःथुः गर्ने थिए ।
एक पटक गणेशमानजीले यिनीहरू विश्वले भनेको भन्दा विपरीत कुरा गर्छन् भनेर ठोक्नुभएको पनि थियो । मदन भण्डारीको जनताको बहुदलीय जनवादका मन्त्रले यिनीहरू सपेराका थैलामा थुनिएका गहुमन सर्पजस्तै बने विचरा !!! । कोशी र गण्डक बेचुवा विश्वेश्वरका कुरा पनि त्यहाँ भए । गिरिजाले टनकपुर बेच्न पाएका थिएनन् नत्र त्यस दिन मलाई कम्युनिष्ट बनाउन त्यो हतियार पनि उपयोग गर्थेहोला । अहिले त म तिनीहरू जस्तै नीच बनेर कुरो गर्ने हो भने महाकाली सन्धि, ओम्नी, सेक्युरिटी प्रेस, गिरिबन्धु स्टेट अनेकौं मसँग पनि जम्मा भए तर त्यसबेला केही पनि त थिएन । ओलीले धर्मप्रसाद ढकालाई काटेका पनि थिएनन् ।
रामनाथ दाहालका गाई भैंसी र बाख्रा चराउन चाहिँ पाएका थिए होला ‘दुहुन’ त सिकेकै पो थिएनन् होला । हुनसक्छ यिनलाई दुहुन अहिले पनि नआएकै कारणले भैंसी दुहुन गएको थिइन भनेका हुनसक्छन् किनभने ‘गुआर कतबो पढए तँ एक बात जंगले केँ करए’ भन्ने मैथिली भाषाका उखानले पक्कै पनि झुट्टो नबोलेको होला भन्छु । भेडा भेडासँग बाख्रा बाख्रासँग होइन त ओलीजी ? खग जाने खग हिं के भाषा । हत्या नगरी शक्ति पाइँदैन भन्ने विश्वास भएका कम्युनिष्ट भएपछि यस्तै हो शैलेशैले न माणिक्यम् ।
कम्युनिज्म भनेको पाशविक तन्त्र नै हो विवेक, बुद्धि र तर्कको काम छैन त्यहाँ भनेर नै ओली जस्ताको पाद पूजन त्यहाँ भयो भने विवेक, बुद्धि र करुणाका पुजारीले पनि अब त गाई होइन शेर पूजा गर्न लागेका छन् । हिंसा, छल, लुट र उत्कोचमैत्री सरकार चलाउने अभ्यास चलेको देखिन्छ । एकां लज्जां परित्यक्त्वा सर्वत्र विजयी भवेत् । कांग्रेसको बुद्धिहीन क्रियाकलापका कारणले चरित्र र आचरणविनाका कम्युनिष्टको बिग्बिगी बढेको बढेकै छ ।
फर्कन्न तित्रो घर
वनमा हुर्केका ढुकुरलाई वनै प्यारो हुन्छ । तित्रालाई जति नै दाना ख्वाएर पाले पनि वनतिरै जान खोज्छ । मुखालेको बानी मुखाले नै हुन्छ । नवनिर्माण या जीर्णोद्धारका लागि समय, साधन, सीप, बजेट प्रविधि आदिका योजना आवश्यक पर्छन् भन्ने कुरो भैंसी दुहुन पनि नजान्ने गोठालो जान्दैन । पढेका प्राविधिज्ञलाई पो थाहा हुन्छ त कसैका घरमा गाई भैंसी चराएर आएका मान्छेले भान्साको स्वीच थिच्ता भ्यार्र ग्यास बलेको देख्यो लाइदियो गफ । घुम्न गएका मुलुकमा पानीजहाज चलेको देख्यो पानीजहाज अड्डा खोलिदियो उसको के बिराम ? उसलाई लाग्यो बयल गाडा सडकमा हिँड्छ भने पानीजहाज पनि खरबारीका पातले छँगामा हिँडिहाल्छ नि । अन्जानले बोलेका कुरा प्रकृतिले पुर्याउँछन् भनेको यही हो ।
नख्खुखोलाले र बागमती आदिले घरका आँगनमा नै पानीजहाज चलाएर देखाए । यी पत्रकार तीललाई बेलुन फुके झैँ फुकेर शिवपुरीको डाँडो बनाउन पल्केका, विज्ञले त ज्योतिषीले या धामीले झैँ ठूलो पानी परेपछि झ्याप्ले खोलो, रोशी खोलो, कसरी बहुलाएर बढ्छन् र घरखेत बगाउँछन् कहाँ कहाँ बगाउँछन् ती केही भनेका थिएनन् ।
आखिर नख्खुखोलाले र बागमती आदिले घरका आँगनमा नै पानीजहाज चलाएर देखाए त । यी पत्रकार तीललाई बेलुन फुके झैँ फुकेर शिवपुरीको डाँडो बनाउन पल्केका, विज्ञले त ज्योतिषीले या धामीले झैँ ठूलो पानी परेपछि झ्याप्ले खोलो, रोशी खोलो, कसरी बहुलाएर बढ्छन् र घरखेत बगाउँछन् कहाँ कहाँ बगाउँछन् ती केही भनेका थिएनन् । केही नभनी पहिलेका पण्डितले गायत्रीमन्त्र लुकाएर राखे झैँ राखेका हुनाले यत्रो हानी नोक्सानी भयो नत्र त उहाँ गफैले आकाशका तारै झारेर पोल्टामा हाल्ने बहादुरलाई भोज खान गएको तित्रो घर फर्कंदैन भनेर कविता लेख्ने हीरादत्त भट्टले अब देख्लान् । एउटाले फुर्ति लायो त्यसको फुर्ति उहाँले झारिदिनुभएर त अहिले भोज खान हवाईजहाज चढेर जानुभएको हो नि ।
हिरण्यकशिपुकी बहिनीले जस्तो वरदान उहाँले पाउनुभएको छ । पहाडका ढुंगा बेचेर धनी बन भनेको हुनाले रोशी खोलाका ज्यामीले डाँडाका ढुंगा बेचेका हुन् । अब उहाँले देख्नुभयो डाँडा ढुंगाविहीन भए भने सबैसम्म बन्छ । नेपालका डाँडा गएर बंगलादेशमा चटगाँव बन्छ भनेर प्रविधिक भनाउँदाले कहाँ कहिले भने त उहाँका कानमा पर्ने गरी । खोलाको बालुवा जसरी बेचे पनि त हुन्छ नि । बालुवा भएन भने त पानी सललल्ल बगिहाल्छ नि । खोलालाई पनि पानी बग्न आवश्यक ठाउँ चाहिन्छ, ठाउँ छाड भनेर उहाँका शासनमा भाँजो हाल्ने यो सर्वोच्चलाई सेटिङ गरेर देखाएको बिर्सेछ ? बालेन स्ट्रक्चरल इन्जिनियर रे उहाँ त झन भुइँफुट्टा सर्वज्ञ के ठानेका छन् बालेनले भ्वाइलेन बनौला है होस् गर ।
धामी भुइँफुट्टा असल, कवि पनि भूइँ फुट्टा नै राम्रो (देवकोटालाई, सिद्धिचरणलाई नराम्रो भन्ने तागत छ ?) अन्नबाली अग्र्यानिक राम्रो हुन्छ अनि मान्छेको अग्र्यानिक ज्ञान चाहिँ नराम्रो ? काहिँ नभएका सैंदुवा !!! अर्काका देशबाट ल्याएका स्याउभन्दा आफ्ना देशमा फलेको नास्पाती राम्रो भन्नेसम्म ज्ञान नभएका विज्ञ रे । विज्ञलाई पनि विज्ञ बनाउने दुनियाँका ‘बा’ लाई यसरी नहेप है परौला फेला । यो लेखन्तेलाई त दुई घण्टा उहाँले उहिल्यै ठिँगुरा हालिसक्नुभएको थियो र पो अहिले दुनियाँका ‘बा’को बद्ख्वाँईं गर्नेको धतुरो झार्ने बुद्धि पलाको त ।
नत्र त चिसापानीमा नुन लिन आएका ढाक्रेले मर्करी बलेको देख्दा यो बल्ने लट्ठी हामीलाई पनि दिनुस्न साहुजी भनेछन् र साहुले पनि मालको मोल लिएर दुईवटा मर्करी बेचेछ । ढाक्रे भारी बोकेर पहाडतिर लागे राति बास बसेका ठाउँमा लट्ठी साहुका पसलमा तेछ्र्याए झैँ तेछ्र्याएछन् बल्दैन त भनेर साहुलाई ठग भनेर गाली गरेर सुतेथे रे । दुनियाँका ‘बा’ पनि यस्तै अग्र्यानिक बा हुन् भनेर बुझ है मनुवा हो । उहाँका सेवकले जसोजसो भनेर लाएका छन् तसो तसो हृवाँले नगर्या’भे पो ?







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता