काठमाडौं । प्रभु समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ७५ लाख रुपैयाँ बराबरको रकम सहयोग प्रदान गरेको छ । प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड ७५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।
उक्त सहयोगले बाढीपहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनः स्थापना गराउन र बिग्रिएका, भत्किएका संरचना पुनर्निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास समूहले लिएको छ । प्रभु समूहअन्तर्गत प्रभु बैंक, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, प्रभु क्यापिटल र प्रभु इन्स्योेरेन्स लिमिटेड रहेका छन् ।






