
काठमाडौं । नबिल बैंक र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो) बीच कार्डमा आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ । सोमबार नबिल बैंकतर्फबाट एनबैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजतर्फबाट वरिष्ठ इञ्जिनियरिङ म्यानेजर सुरज गौतमले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
दुर्ई कम्पनीबीच भएको सम्झौताअनुसार नबिल बैंकले कार्डमा आधारित विप्रेषण प्लेटफर्म एनरेमिटको सेवा हाम्रो पात्रो एपमा समावेश गरेको छ । नेपालबाहिर रहेका हाम्रो पात्रो प्रयोगकर्ताले अब एपको ‘रेमिटेन्स’ बटनमा गएर पठाउने र प्राप्त गर्ने व्यक्तिको विवरण र विप्रेषणको उद्देश्य उल्लेख गरी सेवा लिन सक्नेछन् ।
जसअन्तर्गत आफ्नो अन्तर्राष्ट्रिय मास्टर कार्ड वा भिसा कार्ड प्रयोग गरेर विप्रेषण रेमिटेन्स पठाउन सकिनेछ । उक्त सेवाअन्तर्गत प्रयोगकर्ताले न्यूनतम युुएस डलर सयदेखि अधिकतम पाँच हजार डलरसम्म पठाउन सक्नेछन् । नबिलका अनुसार रेमिटेन्स प्राप्तकर्ताले नेपालभित्र जुनसुकै बैंक खातामा तुरुन्तै रकम प्राप्त गर्नेछन् ।
नबिल बैंकका अन्तर्राष्ट्रिय व्यापार तथा एनबैंकका नायब महाप्रबन्धक आदर्श बजगाईँले भन्नुभयो, ‘नबिल बैंकले २०२२ डिसेम्बरदेखि आफ्नो एनबैंक एपमार्फत् एनरेमिट सेवा दिँदै आएको छ । यो सेवाको पहिलोपटक तेस्रो पक्षसँगको सहकार्यमा विस्तार गरिएको हो । यो बैंकिङ सेवाका लागि एउटा कोशेढुंगा हो, किनकि यसले देशमा खुला बैंकिङको पहिलो पहललाई प्रतिनिधित्व गर्दछ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच