अभिकर्तालाई नेपाल लाइफको प्रशिक्षण

Read Time = 2 mins

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्तालाई बुटवलमा अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण प्रदान गरेको छ । मंगलबार बुटवलको सिद्धार्थ कटेजमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको थियो ।

कम्पनीका अनुसार कार्यक्रममा करिब तीन सय ३० भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरको सहभागिता रहेको थियो । सो अवसरमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, कम्पनी सचिव विनोद भुजेल, एजेन्सी सर्भिसिङ विभागका प्रमुख सुनिता पोखरेल, प्रदेश प्रमुखहरू स्मृतिराज कँडेल, अनन्त अधिकारी, सहदेव अधिकारी, दीपकराज भट्टलगायत शाखा तथा उपशाखाका प्रमुख तथा कर्मचारीको उपस्थिति थियो ।

ADVERTISEMENT

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भर्चुअली उपस्थित भई अभिकर्ताको क्षमताको विकास कम्पनीको केन्द्रबिन्दुमा रहेकाले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक ल्याई कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज